विदेश जानुभन्दा बाख्रा पाल्न ठीक

तनहुँ | माघ ९, २०७९

विदेश जानुभन्दा बाख्रा पाल्न ठीक

तनहुँ:  गाउँघरमा प्रशस्त जमिन भए पनि प्राय: युवा स्वदेशमा कृषि पेसा गर्नुभन्दा विदेश जान मरिहत्ते गर्छन्। उनीहरू पुख्र्यौली जग्गा जमिन बाँझो राखी लाखौँ रुपियाँ ऋण लिएर विदेशमा भौँतारिन्छन्। 


कृषि क्षेत्रमा काम गर्ने युवा जनशक्ति नहुँदा जमिन बाँझै राख्ने गरिएको छ। यस्तै युवाको बीचमा तनहुँका एक युवकले विदेश जान ठिक्क पारेको खर्च बाख्रापालन र तरकारी खेतीमा लाएपछि विदेशको रहर पुगेको बताएका छन्।  म्याग्दे गाउँपालिका–५ चिमखान निवासी कृष्ण खड्काले कृषि पेसाबाट वार्षिक छ लाख रुपियाँ नाफा कमाउनुभएको छ। खड्काले फाम नै दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन र तरकारी खेती गर्नुभएको छ। बाख्रापालन र तरकारी खेतीबाट मासिक ५० हजार रुपियाँ बचत हुने गरेको छ।


युवा कृषक खड्काले सञ्चालन गरेको कृपा कृषि तथा पशु फर्ममा २८ वटा बाख्रा रहेका छन् । उहाँ भन्नुहुन्छ, विदेश गएको भए यतिको कमाइ हुन्थ्यो कि हुन्थेन कुन्नी ? मैले त स्वदेशमै काम गर्दा अरूहरूलाई पनि रोजगारी दिएको छु। 


घरमा श्रीमती, छोरा र बुबाआमासहित १० वर्ष अघिदेखि नै कृषिमा पेसामा लाग्नु भएको छ। अरबको तातो भूमिमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा कृषि पेसा गर्न उचित लागेर विदेश नगएको खड्काले बताउनुभयो। काममा दत्तचित्त भएर लाग्ने भए पैसा कमाउन विदेश जानु नपर्ने रहेको छ खड्काले थप्नुभयो, बाख्रापालनबाट मासिक ३० देखि ३५ हजार रुपियाँ र तरकारी खेतीबाट मासिक १५ हजारभन्दा बढी आम्दानी हुने गरेको छ। 


उहाँले आफ्नै जग्गामा बाख्राका लागि डाले घाँस खेती गर्नुभएको छ। “बाख्राको मलबाट डाले घाँस र तरकारी खेती फस्टाउने भएकाले व्यवसायमा सफलता मिलेको छ,” खड्काले भन्नुभयो। 


स्थानीय खरी जातको बाख्राको मूल्य राम्रो हुने र रोग पनि कम लाग्ने हुँदा बाख्रा व्यवसायमा आफूलाई सन्तुष्टि मिलेको खड्काले बताउनुभयो। करिब पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गरेको खड्काले बताउनुभयो। “बजार नजिक भएकाले बिक्रीका लागि समस्या छैन,” खड्काले भन्नुभयो।


हालसम्म कुनै पनि सङ्घ संस्थाबाट अनुदान रकम नपाएका खड्काले “गाउँमा अन्नबाली, फलफूल तथा तरकारी खेती तथा पशुपालनका लागि प्रशस्त जमिन भएमा कृषि पेसा अँगाल्न सुझाव दिनुभयो। विदेशमा पसिना बगाउन जाने सोचाइ परिवर्तन गरी स्वदेशमै केही व्यवसाय गर्दा राम्रो आम्दानी गर्न सकिने अनुभव उहाँको छ। 

पोखरा २९ भण्डारढिकमा जारी  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन्  ।    क्लबका अध्यक्ष विष्णुु पुन...

थप पढ्नुहोस्

पोखरा।       गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...

थप पढ्नुहोस्

पोखरा:   राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो ।   शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जन...

थप पढ्नुहोस्