थपिए तीन प्रजातिका चरा

काठमाडाैं | माघ ९, २०७९

थपिए तीन प्रजातिका चरा

धनगढी:   कैलालीको घोडाघोडी चरा अभय आरण्य क्षेत्र ९बर्ड सेन्चुरी०मा तीन प्रजातिका चरा थपिएका छन्। थपिएका चरा प्रजातिमा हरियो लामपुच्छ्रे, ठूलो वन परेवा र सुन्दर निलटभा रहेका छन्। हरियो लामपुच्छ्रे मध्यपहाडी क्षेत्रमा पाइन्छ। जाडोयाममा यो चरा कैलालीसम्म पुग्ने गर्छ। 


पछिल्लो समय चरा गणनाका क्रममा सो सेन्चुरीमा तीन प्रजातिको चरा थपिएको पाइएको हो। योसँगै घोडाघोडीमा पाइने चरा प्रजातिको सङ्ख्या ३६३ पुगेको छ। यसअघि ३६० प्रजातिका चरा रहेको अभिलेख थियो। घोडाघोडी विश्व रामसार क्षेत्रमा सूचीकृत सिमसार पनि हो। 


यस्तै ठूलो वन परेवा कैलालीको अन्य क्षेत्रमा यसअघि पाइएको थियो। ठूलो वन परेवा युरोपमा बढी पाइने गरेको जनाइएको छ। घोडाघोडी क्षेत्रमा ६० वटा ठूलो वन परेवा देखिएका थिए। यसैगरी सुन्दर निलटभा हिमाली चरा हो। जाडोयाममा तल झर्ने यो प्रजातिको चरा घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा एउटा मात्रै देखा परेको छ।  


तीनवटै प्रजातिका चरा घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पहिलो पटक अभिलेख भएको चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो। सुन्दर निलटभा कैलालीमै पहिलो पटक भेटिएको चरा हो। दुर्लभसहित विभिन्न प्रजातिका चरा पाइने गरेकाले घोडाघोडीलाई गत वर्ष फागुन २७ गते नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो। यसको उद्देश्य चराको व्यवस्थित तरिकाले संरक्षण गर्ने रहेको छ। यहाँ राजलाहाँचे, डङ्गरगिद्ध, भुँडीफोर गरुड, कैले टाउके हाँसलगायतका सङ्कटापन्न चरा पाइन्छन्। नादुन र हरिहाँसले यहाँ ‘ब्रिडिङ’समेत गर्दै आएका छन्। 


यसैबीच घोडाघोडी क्षेत्रमा संरक्षणसम्बन्धी थप सचेतना फैलाउने उद्देश्यसाथ यस वर्ष नेपाल लाटोकोसेरो उत्सव पनि गर्न लागिएको छ। संरक्षणमा क्रियाशील संस्था फ्रेन्ड्स अफ नेचरले यस पटक कैलालीको घोडाघोडीस्थित माघी होमस्टेमा लाटोकोसेरो उत्सव आयोजना गर्न लागेको हो। माघ २० र २१ गते दुई दिनसम्म उत्सव हुँदै छ। यसअघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङ्जामा यो उत्सव गरिएको थियो। उत्सव तयारीमा जुटेको फ्रेन्ड्स अफ नेचरका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिनुभयो। “अहिले विभिन्न विद्यालयमा कार्यक्रम गरिरहेका छौँ,” उहाँले भन्नुभयो। लाटोकोसेरो उत्सव आयोजना गर्नुभन्दा एक महिनाअगाडि आयोजनास्थल आसपासका विद्यालयमा संरक्षणसम्बन्धी कार्यक्रम गर्ने गरिएको छ।   

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्