पूर्वी नवलपरासीमा बढ्यो तोरी उत्पादन

नवलपरासी | माघ ९, २०७९

पूर्वी नवलपरासीमा बढ्यो तोरी उत्पादन फाइल तस्बिर

कावासोती:   पूर्वी नवलपरासीमा यो वर्ष गत वर्षको तुलनामा तोरी उत्पादन बढेको छ। 


यहाँको गैँडाकोट, देवचुली, मध्यबिन्दु, कावासोती नगरपालिका, बुलिङटार र बौदीकाली गाउँपालिकामा तोरी खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो। गत वर्ष जिल्लामा छ करोड बढीको तोरी उत्पादन भएकोमा यो वर्ष सात करोड बढीको तोरी उत्पादन भएको प्रारम्भिक तथ्याङ्क रहेको कृषि प्राविधिक राजेन्द्र गौडेलले बताउनुभयो।


यो वर्ष तोरीमा दाना राम्रो फलेको, तोरीको बाक्लो ठूला बोटसमेत रहेकाले तोरी उत्पादन गत वर्षको तुलनामा बढेको कृषि ज्ञान केन्द्रका प्रमुख लामिछानेले बताउनुभयो। 


कृषकहरू तोरीबाली नलगाउने, तेल किनेर खाने प्रचलन बढन् थालेपछि तोरी खेतीतर्फ कृषकलाई थप आकर्षित बनाउन कृषि ज्ञान केन्द्रले कृषकलाई समय समयमा तालिम दिने र यसको महत्वका बारेमा जानकारी दिने गरेको छ। 


पूर्वीनवलपरासीको गैँडाकोटमा गत वर्षको तुलनामा यो वर्ष तोरी उत्पादन दोब्बर बढेको र तोरी खेती गर्दै आएका कृषक ओमनाथ तिवारीले बताउनुभयो। यो वर्ष तोरीको बोट राम्रोसँग बढेकाले दाना पनि फसल पनि राम्रो भएको कृषक तिवारीले बताउनुभयो। 


जिल्लामा तोरी उत्पादन राम्रो भएकाले  किसानहरू खुसी भएको प्रगतिनगरका कृषक धर्मराज बस्यालले बताउनुभयो। गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले कृषकलाई कृषि पेसामा आत्मनिर्भर बनाउन र कृषि खेतीतर्फ जागरुक बनाउन पालिकाले योजना नै बनाएर अघि बढेको बताउनुभयो। 

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आगामी फागुन ६देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको छ ।  घान्द्रुक पर्यटन व्...

थप पढ्नुहोस्

कास्कीको उत्तरी भेगमा रहेको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा सम्पन्न २७ औं ल्होछार उत्सवमा भलिबलको तिन विधामा आयोजक च्याम्पियन बनेको छ ।   बौद्ध सिर्जना युवा क्लबको आयोजनामा सम्पन्न उत्सवमा गाउ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।  नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वा...

थप पढ्नुहोस्