कावासोतीमा सिँचाइको अभावले खेतीयोग्य जमिन बाँझै
नवलपरासी | माघ ९, २०७९
फाइल तस्बिर
कावासोती: पूर्वीनवलपरासीमा कृषि उत्पादनका लागि उर्वर भूमि सिँचाइको अभावले बाँझो रहने समस्या बढेको छ। पर्याप्त सिँचाइ नहुँदा लक्ष्यअनुसारको उत्पादन पनि हुन सकेको छैन।
गैँडाकोट नगरपालिका वडा नं.–३ अन्नबाली उत्पादनमा किसान तल्लीन भए पनि सिँचाइको पहुँच नहुँदा धेरै खेतीयोग्य जमिन बाँझै छन्। नवलपुर गैँडाकोटको हर्दी र केलादीका किसानले सिँचाइको अभावमा खेतीबाली लगाउन पाएका छैनन्।
वर्षायाममा खेतीबालीका लागि आकाशको पानीको भर पर्दछन् भने हिउँदमा खेतबारी बाँझै राख्ने गरेका छन्। गैँडाकोट हर्दीको एक सय बिघा र केलादीको ५० बिघा जमिन सिँचाइ अभावले बाँझो छ।
गैँडाकोटका अधिकांश युवा विदेशबाट फर्किएर कृषि पेसामा आबद्ध भएका छन् तर सिँचाइ नहुँदा चाहेर पनि खेती गर्न नसकेको स्थानीय कृषक हरिबहादुर मिश्रले बताउनुभयो।
वैदेशिक रोजगारमा १५ वर्ष बिताएर स्वदेश फर्कनुभएका गैँडाकोट–३ निवासी मिश्रले कृषिमा राम्रो सम्भावना देखेर व्यावसायिक खेती सुरु गर्नुभयो तर सोचेअनुसारको हुन सकेन।
उहाले भन्नुभयो, “सिँचाइ छैन, अप्ठ्यारो छ। सिँचाइ भए यो खेतीयोग्य जमिन बाँझो हुने थिएन, विदेशबाट केही गर्न यहाँ आए भने निराशा मात्रै छ।”
बर्खामा हुने अन्नले हिउँद टार्नुपर्ने बाध्यता छ। वर्षायाममा आकाशको भर पर्नुपर्ने हिउँदमा भने पूरै खेतीबारी बाँझै राख्नु पर्दा किसान चिन्तित छन्। १० रोपनी खेत भएर पनि मकै र कोदोबाहेकको अरू खेती गर्न नपाउँदा आफूहरू समस्यामा परेको अर्की स्थानीय कृषक सम्झना न्यौपानेको गुनासो छ।
६२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको गैँडाकोटको हर्दी र केलादीमा सिँचाइ व्यवस्थाका लागि काम भइरहेको गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो। सिँचाइको समस्या समाधानका लागि लिफ्टिङ, सतही र बोरिङका लागि वडा कार्यालयबाट गत वर्ष २५ लाख रुपियाँमा काम सुरु गरिएको छ।
अहिले हर्दी र केलादीमा सिँचाइको ८० प्रतिशत काम भएको जानकारी दिनुभयो। सिँचाइको पहुँच पु(याउन सामान्य बजेटले नभ्याउँदा पनि समस्या भएको देखिन्छ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

