अन्तरराष्ट्रिय भेट्रान्स फुटबलको उपाधि ठमेल–११ लाई

पाेखरा | माघ ९, २०७९

अन्तरराष्ट्रिय भेट्रान्स फुटबलको उपाधि ठमेल–११ लाई

पोखरा:  पोखरामा सञ्चालन भएको १२औँ संस्करणको ‘बगर भाइ खेलक एट ए साइड’ अन्तरराष्ट्रिय भेट्रान्स फुटबलको उपाधि काठमाडौँको ठमेल–११ ले जितेको छ ।


पोखराको ऐतिहासिक पुरानो टुँडिखेल खेलमैदानमा यही माघ ३ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा पोखराको दीप युनाइटेडलाई पेनाल्टी सुटआउटमा २–१ गोलले पराजित गर्दै ठमेल च्याम्पियन बन्यो ।


उपाधि विजेता ठमेलले रु दुई लाख नगद र ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको घरेलु टोली दीपले रु एक लाखमा चित्त बुझायो । खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरमा गरिएको हो । ठमेलका लागि नितिन गुरुङ र टासी छिरिङले गोल गर्नुभयो भने दीपका  अन्तिम गुरुङले मात्र गोल गर्नुभयो ।


प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि दीप युनाइटेडका प्रविन कुमार घोषित हुँदै ट्रफीका साथमा नगद रु १५ हजार पुरस्कार पाउनुभयो । प्रतियोगिताको उत्कृष्ट गोल किपरमा ठमेलका सञ्जिव खड्गी, उत्कृष्ट डिफेन्डरमा ठमेलका टासी छिरिङ, उत्कृष्ट मिडफिल्डरमा दीपका अन्तिम गुरुङ, उत्कृष्ट स्ट्राइकरमा ठमेलका सागर थापा र उत्कृष्ट प्रशिक्षकमा ठमेलकै प्रदीप श्रेष्ठ घोषित हुँदै जनही रु पाँच हजारका दरले नगद पुरस्कार र ट्रफी प्राप्त गर्नुभयो ।


विजेता टिम तथा खेलाडीलाई प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेल, तमु धिं युकेका अध्यक्ष हरि गुरुङ, प्रदेश खेलकुदका निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले ट्रफी, मेडल प्रमाण पत्र वितरण गर्नुभएको थियो । प्रतियोगिताका लागि तमु धिं युकेका अध्यक्ष हरि गुरुङले संस्थाको तर्फबाट नगद रु ६० हजार सहयोग गर्नुभयो ।


संस्थाका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा तमु धिं युकेका अध्यक्ष हरि गुरुङ, बगर भाई खलकका सचिव मानकाजी गुरुङलगायतले आफ्ना भनाइ राखेका थिए । प्रतियोगितामा भारत देहरादुनको एक टिमसहित कूल २४ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । ‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकका लागि नौलो आयाम’ को नारासहित बगर भाइ खलकले विभिन्न खेलकुद कार्यक्रम गर्दै आएको छ ।

म्याग्दी:  जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस ...

थप पढ्नुहोस्

पोखरा:  रोजगारीको शिलसिलामा कोरियामा रहेका नेपालीले पोखराका दुई विद्यालयलाई सहयोग गरेका छन्। कोरियामा रोजगारीसँगै त्यहाँका सरकारी निकायमा कार्यरत व्यक्तिसँग समन्वय गरी संकलन गरेको रकमबाट पोखरा १...

थप पढ्नुहोस्