कास्कीको मादीमा गोरु काटेको आरोपमा ४ जना पक्राउ

काठमाडाैं | माघ ७, २०७९

कास्कीको मादीमा गोरु काटेको आरोपमा ४ जना पक्राउ

कास्की:   इलाका प्रहरी कार्यालय हंसपुर (डाडाँकोनाक)  कास्की टोलीले गोरु काटेको आरोपमा ४ जनालाई पक्राउ गरेको  छ ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कास्कीको मादी गाउँपालिका ५ स्थित बयारघारीमा गोरु काटेको आरोपमा पोखरा महानगरपालिका १३ स्थित ढिवाली टोल बस्ने ४२ वर्षिय शम्भू नेपाली, २५ वर्षिय सुवास नेपाली, मादी गाउँपालिका ५ का १८ वर्षिय अमृत विक र स्याङ्जा घर भई हाल मादी ५ बयारघारी बस्ने ३९ वर्षिय राम नेपाली  रहेका छन् ।
 

उनीहरुलाई गत बिहीबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय हंसपुरका प्रमुख डिएसपी प्रकाश दाहालले बताए ।

‘हामीलाई गोरु काटेको भन्ने सुचना आएपछि घटना स्थलमा पुगेर मुचुल्का गर्नेदेखि साक्षीहरुसँग पनि बुझ्ने काम गर्यौ र पछि आरोपीहरुले पनि कसुर स्वीकार गरेपछि नियन्त्रणमा लिएका थियौ’, डिएसपी दाहालले सुनगाभा न्यूजसँग भने, ‘उहाँहरुले कानून वर्खिलाप कसुर गरेको ठहरिएपछि ४ जनालाई पक्राउ गरेर मुद्धा दर्ता भइसकेको अवस्था छ र त्यो घटनामा अरुपनि संलग्न भए नभएको बारे पनि थप अनुसन्धान गर्दै छौं ।’
 

डिएसपी दाहालका अनुसार उनीहरुलाई गौ वध ऐन तथापशुपंक्षी सम्बन्धि कसुर मुद्धामा म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।    युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने प्रतियोगिता मंसिर १ देखि ६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएक...

थप पढ्नुहोस्

पोखरा ।    विश्वकर्मा समाज नेपाल केन्द्रीय समितिको आयोजनामा पोखरामा सम्पन्न नवौं विश्वकर्मा भलिबल कप–२०८३ मा दाजुभाई क्लब गल्याङ च्याम्पियन बनेको छ ।   पोखरा रंगशालाको भलिबल कोर्टमा भ...

थप पढ्नुहोस्

सुवाको भोटेकोसी नदीमा गत भदाै १० गते आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेमध्ये अहिलेसम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ।   नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवर...

थप पढ्नुहोस्