फलोअपः बैदाम प्रहरीको नियन्त्रणबाट छुटे ३ जना
पाेखरा | माघ ६, २०७९
तस्बिर: पवन भण्डारी
पोखराः पोखरा महानगरपालिका १७ वडाकार्यालय अगाडी सडक निर्माणमा ढिलाई भएको विषयमा प्रद्धर्शन गर्नेक्रममा प्रकाउ परेका तीन जना छुटेका छन् ।
विरौटा– छोरेपाटन सडकखण्डको निर्माणकार्यमा ढिलाई गरेको भन्दै स्थानीयले हिजो (बिहिबार) वडा कार्यालय अगाडी विरोध प्रद्धर्शन गरेका थिए ।
स्थानीयले वडा कार्यालय अगाडी प्रद्धर्शन गर्ने क्रममा विरौटा– छोरेपाटन सडकखण्डसँगै सिद्धार्थ राजमार्ग केही समय अवरुद्ध हुन पुगेको थियो । अवरुद्ध सडक सञ्चालनमा गर्न गएको नेपाल प्रहरीले उछृृङ्खल गतिविधि गरेको भन्दै ३ जनालाई नियन्त्रणमा लिएर छोडेको वडा कार्यालय बैदामका डीएसपी युवराज भण्डारीले जानकारी दिए ।
‘निर्माण कार्य समयमा नै नहुँदा स्थानीयमा आक्रोश पैदा हुनु स्वभाविक हो, वडा कार्यालय अगाडी प्रद्धर्शन भइरहेको थियो, भण्डारीले भने, ‘प्रद्धर्शनमा केही व्यक्तिले उशृङ्खल गतिविधि गरेपछि नियन्त्रणमा लिएर छोडिसकिएको छ ।’
पूर्वाधार ढिलाईसुस्तीमा दवाव दिन आवश्यक छः स्थानीय
पोखरा १७ स्थित अन्तरगत पर्ने विरौटा–छोरेपाटन सडकखण्ड निर्माण कार्यमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै स्थानीयले वडा कार्यालय अगाडी प्रद्धर्शन गरेपछि वडा कार्यालयले ध्यानाकर्षण गरेको छ ।
वडा कार्यालय अगाडी स्थानीयले प्रद्धर्शन गरेपछि वडा कार्यालयमा आज (शुक्रबार) स्थानीय र जनप्रतिनिधिहरुबीच ठेकेदारले गर्ने ढिलासुस्तीमा स्थानीय र जनप्रतिनिधिहरुले दवाव दिन आवश्यक रहेको वडाध्यक्ष राधिका कुमारी शाहीले बताएको स्थानीय पवन भण्डारीले जानकारी दिए ।
‘वडा कार्यालय अगाडी हुँदै गएको सडक खण्डमा अलपत्र जस्तै बन्दा स्थानीय सरकारले दवाव दिनुपर्ने हो, भण्डारीले भने, ‘स्थानीय सरकारको त्यो कदम नचाल्दा हामीले वडा कार्यालय अगाडी प्रद्र्धशन ग¥यौ, फलस्वरुप आज वडा कार्यालयमा जनप्रतिनिधि र स्थानीयबीच पूर्वाधार क्षेत्रमा ठेकेदारले गर्ने ढिलासुस्तीमा सदैव खवरदारी गर्ने सहमति भएको छ ।’
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

