बागलुङमा मोबाइल बत्तीको भरमा प्रसूति
बाग्लुङ | माघ ६, २०७९
बागलुङ: ग्रामीण भेगका स्वास्थ्य चौकीमा रहेका प्रसूति कक्षमा वैकल्पिक ऊर्जाको व्यवस्थापन नहुँदा मोबाइलको बत्ती बालेर प्रसूति गराउनुपर्ने बाध्यता छ। नियमित प्रयोग हुँदै आएको स्थानीय स्तरमा उत्पादित विद्युत् तथा केन्द्रीय प्रसारण लाइनको विद्युत् बेलाबेलामा जाने समस्या हुँदा अन्तिम अवस्थामा मोबाइलकै लाइट वा ‘टर्च’ बालेर प्रसूति गराउनुपर्ने बाध्यता भएको हो।
विशेषगरी लाइन जाने समय वा कुनै कारणले विद्युत् अवरुद्ध हुँदा रातको समय सुत्केरी गराउन कठिन भएको गलकोट नगरपालिका–७, मल्ल स्वास्थ्य चौकीका इन्चार्ज अनिता कार्कीले बताउनुभयो। “विद्युत् जाने आउने समस्या हिउँदमा पनि हुन्छ,” उहाँले भन्नुभयो– “बर्खामा त झन् हप्तारदस दिन बिजुली नहुँदा धेरै कठिनाइ भोग्नुपरेको छ।”
सुत्केरी गराउँदै गर्दा बिजुली जाँदा असाध्यै कठिन हुने गरेको अनमी माधुरी नेपालीले बताउनुभयो। “व्याथाले च्यापेका गर्भवती सम्हाल्ने कि मोबाइल खोज्न जाने ?,” उहाँले भन्नुभयो– “कहिलेकाहीँ त बच्चा आधा जन्मेको बेला लाइन जान्छ, अँध्यारोमा परिस्थिति सम्हाल्न असाध्यै कठिन हुन्छ।” अनमी नेपालीले मोबाइलको लाइट बोलेर तीन जना सुत्केरी गराएको अनुभव सुनाउनुभयो। मल्म स्वास्थ्य चौकीमा केन्द्रीय प्रसारणको विद्युत् जोडिएको छ। यद्यपि बेलाबेलामा हुने विद्युत् आपूर्ति कटौतीले गर्दा प्रसूतिगृह जस्तो संवेदनशील कक्ष मर्कामा परेको छ।
स्वास्थ्य चौकीमा वैकल्पिक ऊर्जाको वा ब्याकअप व्यवस्थापन गर्न सके कठिन अवस्थामा सहज हुने स्वास्थ्य चौकी प्रमुख कार्कीको भनाइ छ। विद्युत्को वैकल्पिक व्यवस्थापन गर्न नगरपालिकाको स्वास्थ्य शाखालाई आग्रह गरे पनि कार्यक्रम स्वीकृत भएको छैन। मल्म स्वास्थ्य चौकीमा यस वर्ष मात्रै १९ जना महिला सुत्केरी भएका छन्। बरेङ गाउँपालिकाको बाटाकाचौर स्वास्थ्य चौकीले पनि विद्युत् आपूर्तिको समस्या भोग्दै आएको छ।
स्वास्थ्य चौकीको प्रसूति कक्षमा वैकल्पिक ऊर्जा नहुँदा प्रसूतिको समयमा निकै कठिनाइ भोग्नुपरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख धर्म प्रकाश थारूले बताउनुभयो।
प्रसूति कक्षमा सुत्केरी अवस्थामा दुई जना महिला स्वास्थ्यकर्मीले नियमित काम गरे पनि बिजुली जान सक्ने अवस्थालाई ध्यानमा राखेर एक जना मोबाइल बाल्नका लागि बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो।
वैकल्पिक ऊर्जाको व्यवस्थापन नभएका बागलुङका अधिकांश स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले यस्तो समस्या भोग्दै आएका छन्। स्थानीय तहको पहलमा केही स्वास्थ्य चौकीमा ब्याट्री व्यवस्थापन भए पनि अधिकांशमा छैन।
बरेङ गाउँपालिकाका प्रमुख कृष्णप्रसाद शर्माले प्रसूति गृहको संवेदनशीलतालाई गम्भीरताका साथ लिएको बताउनुभयो। आगमी बजेट तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्य निकायसँग समन्वय गरेर वैकल्पिक व्यवस्थापन गर्ने उहाँले बताउनुभयो।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...
पोखरा । ‘इतिहास, भाषा, संस्कृति संरक्षण सम्बद्र्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नारासहित एकताको सन्देश दिँदैं पोखरामा पनि ४४ ...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड दिइएको छ । प्रहरी मुख्यालयमा आज निर्वाचनसम्बन्धी भएको सरोकारवाला प्रतिनिधिहरू सहभागी अन्तरक्र...

