खुकुरी प्रहार गरी आफ्नै साथीको हत्या

काठमाडाैं | माघ ५, २०७९

खुकुरी प्रहार गरी आफ्नै साथीको हत्या

धरान:  धरान उपमहानगरपालिका वडा –५ मा खुकुरी प्रहारबाट एक जना पुरुषको मृत्यु भएको छ । एक जना महिला घाइते हुनुभएको छ । बिहीबार बिहान धरान –५ स्थित आँपटारमा ३९ वर्षीय विकास भनिने हर्कबहादुर राईले आफ्नै घरको भान्सामा आफ्नै साथी ३५ वर्षीय कुमार बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।


घटनामा परी स्थानीय २५ वर्षीय मञ्जु खड्का राई गम्भीर घाइते हुनुभएको धरान ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले बताउनुभयो । उहाँले भन्नुभयो, “मर्ने र मार्ने दुवै जना साथी हो । कुमार बिहान साथीको घरमा आएका थिए । विकासका बाबुले छोरालाई चिया पकाउन लगाएर आफू दोकान जानुभएको थियो । फर्केर आउँदा छोराले आफ्नै साथीलाई मारिसकेको रहेछ ।” मृतक बुढाथोकीको ढाड र कोखामा चोट रहेको प्रहरीले जनाएको छ । 


साथीको हत्या गरेर सडकमा निस्किएका विकास पुनः मञ्जु खड्काकोे घरमा गएर खुकुरी निकाली उनीमाथि प्रहार गरेको स्थानीयहरुले बताएका छन् । घरमा छिरेर खुकुरी निकाल्न थालेपछि भागेकी मञ्जुलाई नजिकै रहेको साग बारीमा अन्धाधुन्ध खुकुरी प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेको जनाएको छ । 


खुकुरी प्रहारबाट गम्भीर घाइते मञ्जुलाई उपचारका लागि धरानस्थित विजयपुर अस्पताल लगिएको छ । मृतक बुढाथोकीको शव पोस्टमार्टमका लागि प्रहरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनाको कारणबारे नखुले पनि, विकास लागुऔषध प्रयोगकर्ता रहेको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।   

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्