खुकुरी प्रहार गरी आफ्नै साथीको हत्या
काठमाडाैं | माघ ५, २०७९

धरान: धरान उपमहानगरपालिका वडा –५ मा खुकुरी प्रहारबाट एक जना पुरुषको मृत्यु भएको छ । एक जना महिला घाइते हुनुभएको छ । बिहीबार बिहान धरान –५ स्थित आँपटारमा ३९ वर्षीय विकास भनिने हर्कबहादुर राईले आफ्नै घरको भान्सामा आफ्नै साथी ३५ वर्षीय कुमार बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनामा परी स्थानीय २५ वर्षीय मञ्जु खड्का राई गम्भीर घाइते हुनुभएको धरान ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले बताउनुभयो । उहाँले भन्नुभयो, “मर्ने र मार्ने दुवै जना साथी हो । कुमार बिहान साथीको घरमा आएका थिए । विकासका बाबुले छोरालाई चिया पकाउन लगाएर आफू दोकान जानुभएको थियो । फर्केर आउँदा छोराले आफ्नै साथीलाई मारिसकेको रहेछ ।” मृतक बुढाथोकीको ढाड र कोखामा चोट रहेको प्रहरीले जनाएको छ ।
साथीको हत्या गरेर सडकमा निस्किएका विकास पुनः मञ्जु खड्काकोे घरमा गएर खुकुरी निकाली उनीमाथि प्रहार गरेको स्थानीयहरुले बताएका छन् । घरमा छिरेर खुकुरी निकाल्न थालेपछि भागेकी मञ्जुलाई नजिकै रहेको साग बारीमा अन्धाधुन्ध खुकुरी प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेको जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते मञ्जुलाई उपचारका लागि धरानस्थित विजयपुर अस्पताल लगिएको छ । मृतक बुढाथोकीको शव पोस्टमार्टमका लागि प्रहरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनाको कारणबारे नखुले पनि, विकास लागुऔषध प्रयोगकर्ता रहेको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।
पोखरा: सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् । उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...
पोखरा: पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...
पोखरा: नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...