फलोअप: ३ जना प्रहरी नियन्त्रणमा
पाेखरा | माघ ५, २०७९
पोखरा: पोखरा महानगरपालिका १७ को कार्यालय घेराउ गर्ने क्रममा ३ जनालाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरा १७ का स्थानीयबासिन्दाले विरौटा–छोरेपाटन सडकखण्ड निर्माणमा ढिलाई गरेको भन्दै नाराबाजीसहित वडा कार्यालय घेराउ गरेको थियो । सो विरोध प्रर्दशनकै क्रममा सिद्धार्थ राजमार्ग अवरुद्ध गरिएको थियो ।
सोही क्रममा उछृङ्खल गतिविधि गरेको भन्दै वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले ३ जनालाई नियन्त्रणमा लिएको डिएसपी युवराज भण्डारीले जानकारी दिए । ‘विरोधको क्रममा उछृङ्खल गतिविधि गरेकाले नियन्त्रणमा लिएका हौं, डिएसपी भण्डारीले भने, ‘त्यस्तो मुद्धा चलाउने खालको विषय छैन ।’
डिएसपी भण्डकारीका अनुसार हाल अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग अन्तरगतको विरौटा– छोरेपाटन सडकखण्ड खुला गरिएको छ ।
सम्बन्धित समाचार
पोखरा: नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ । यही २७ र २८ पुसका लागि म...
बागलुङ: नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ । शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...
गण्डकी: कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...

