बुटवलमा हातहतियारसहित दुई व्यक्ति प्रकाउ

बुटवल | माघ ३, २०७९

बुटवलमा हातहतियारसहित दुई व्यक्ति प्रकाउ

बुटवलः    बुटवलमा हातहतियार र विस्फोटक पदार्थसहित नवीन रेग्मी र विश्वराज कार्की पक्राउ परेका छन् । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खावाङ घर भई हाल रुपन्देहीको सैनामैना–१ पर्रोहा बस्ने नवीन रेग्मी र कन्चनपुरको भीमदत्त नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्कीलाई प्रहरीले प्रकाउ गरेको हो । 


इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी दानबहादुर कार्कीले पक्राउ परेकाहरुबाट रिभल्वर थान १, मोबाइल थान–३, ९ एमएमको गोली १४ राउण्ड, ७।६२ एमएमको गोली ४ राउण्ड, ०।२ एमएमको गोली १७ राउण्ड, तयारी डेटोनेटर थान–३, डेटोनेटर केस थान–६० लगायतका सामग्री बरामद गरेको जानकारी दिनुभयो । प्रहरीले मङ्गलबार पत्रकार सम्मेलन गरी अभियुक्तहरु सार्वजनिक गरेको हो । 


डिएसपी थापाले बुटवलका विभिन्न व्यवसायीहरुलाई धाकधम्की दिई ज्यान मार्नेसम्मको डर त्रास देखाएको भन्ने सूचनाका आधारमा उनीहरुलाई बुटवल–११ देवीनगरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । 


उनीहरुलाई हातहतियार तथा विस्फोटक पदार्थ कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको इप्रका बुटवलले जनाएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्