प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा पौडेलको असहमति
काठमाडाैं | पुस २६, २०७९
काठमाडौं: नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पार्टीको निर्णयमा असहमति जनाएका छन् ।
केन्द्रीय कार्यसमपादन समितिबाट प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएपछि त्यसलाई अनुमोदन गर्न बसेको संसदीय दलको बैठकमा पौडेलले आफ्नो असमति प्रकट गरेका हुन् ।
‘मत दिइसकेपछि राजनीतिक र नैतिक रुपमा प्रतिपक्षमा बस्न मिल्दैन। कानुनी जटिलताहरु छन् भनेर मैले असहमति जनाएको हुँ’, पौडेलले भने। यसअघि आजै बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि चार नेताले असहमति जनाएका थिए ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

