बागमतीका मुख्यमन्त्री जम्मकट्टेलद्वारा पदभार ग्रहण, मन्त्रालयको सङ्ख्या घटाउने निर्णय

काठमाडाैं | पुस २६, २०७९

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलद्वारा पदभार ग्रहण, मन्त्रालयको सङ्ख्या घटाउने निर्णय तस्बिर साभार

काठमाडौं:  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गरेका छन् । मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै कार्यभार सम्हालेका हुन् । 


उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका थिए ।


उनले पदभार ग्रहण गरे लगत्तै २ वटा निर्णय गरेका छन् । उनले प्रदेशको सुशासनका लागि मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेका छन् । 


मुख्यमन्त्री जम्मकट्टेलले मन्त्रालयको सङ्ख्या घटाउन प्रदेशका मुख्य सचिव मुकुन्द प्रसाद न्यौपानेको संयोजकत्वमा प्रतिवेदन तयार पार्न समिति गठन गर्ने निर्णय गरेका छन् । उक्त समितिले आगामी १५ दिन भित्रमा प्रतिवेदन तयार पारी पेस गर्नु पर्ने छ ।


त्यस्तै मुख्यमन्त्री जम्मजट्टेलले पुस मसान्त भित्र सङ्घीय सरकार समक्ष विशेष र समपूरक तर्फको अनुदानका योजनाहरू तयार पारी पठाउने निर्णय गरेका छन् ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्