अशक्त नागरिकको घरमै नागरिकता बाड्दै जिप्रका दार्चुला

दार्चुला | पुस २६, २०७९

अशक्त नागरिकको घरमै नागरिकता बाड्दै जिप्रका दार्चुला फाइल तस्बिर

दार्चुला:   दार्चुलाको मालिकार्जुन गाउँपालिका–४, हुनैनाथका ७४ वर्षीया अनिता धामीको घरमै पुगेर उहाँलाई नागरिकता प्रदान गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाको टोलीले घरमै आएर नागरिकता दिएपछि धामी निकै खुसी हुनुभएको छ।


स्थानीय कृष्ण धामीका अनुसार धामीलाई नागरिकता दिलाउन एक दशकअघिदेखि पहलकदमी भएको थियो। वृद्धावस्थामा नेपाली नागरिकता प्राप्त भएपछि राज्यबाट प्राप्त हुने सेवासुविधा लिन धामलाई सहज भएको छ।


विभिन्न कारणले जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुग्न नसकेका नागरिकलाई घरदैलोमा पुगेर सेवा दिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले गरिरहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार मालिकार्जुन गाउँपालिकाको आग्रहअनुसार तीन जना नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ।


मालिकार्जुन गाउँपालिका–३ का ५५ वर्षीय केशवसिंह धामी, वडा नं. ४ का ज्येष्ठ नागरिक ७४ वर्षीया अनिता धामी र मानसिक रूपमा अस्वस्थ रहेका वडा नं. ४ कै करवीरसिंह धामीको घरमा पुगेर जिप्रकाले नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको मालिकार्जुन गाउँपालिका अध्यक्ष हीरासिंह धामीले जानकारी दिनुभयो। 


प्रशासन कार्यालयले विगतदेखि नै समस्यामा परेका नागरिकलाई घरदैलोमा नै गएर सेवा दिने गरेको सहायक प्रजिअ साउदले बताउनुभयो। अरू स्थानीय तहमा पनि नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय पुग्न नसकेर समस्यामा परेका नागरिक भए सूचना दिन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहलाई आग्रह गरेको छ। 


गाउँघरमा धेरै नागरिक उमेर पुग्दासमेत विभिन्न कारणले नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित रहेका छन्। नागरिकता वितरणका लागि पालिका र प्रशासनले थप ध्यान दिनु आवश्यक रहेको स्थानीयवासीको भनाइ छ।   

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्