३ केजी लागूपदार्थसहित बिरेन पोखरामा प्रकाउ

पाेखरा | पुस २५, २०७९

३ केजी लागूपदार्थसहित बिरेन पोखरामा प्रकाउ

पोखराः  जिल्ला प्रहरी कार्यालय कास्कीले रुकुम पूर्वका बिरेन शाहीलाई ३ केजी ३ सय ग्राम लागूपदार्थ चरेशसहित  प्रकाउ गरेको छ । 


पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले शंकास्पद अवस्थामा फेला पारी रितपूर्वक खानतलासी गर्दा रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका १२ घर भएका ३५ वर्षीय शाही ३ केजी ३ सय ग्राम लागूपदार्थ (चरेश)सँगै  एक थान मोवाइलसहित प्रकाउ परेका हुन् । 


लागूपदार्थसहित प्रकाउ परेका शाहीलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ । 


 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्