पोखरा दीपमा करेन्ट लागेर १९ वर्षीय श्रम गुरुङको मृत्यु
पाेखरा | पुस २१, २०७९
सांकेतिक तस्बिर
पोखराः पोखरा महानगरपालिका १६ माथिल्लो दीपमा करेन्ट लागेर श्रम गुरुङको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १६ दीपमा आज बिहान ९ः३० बजेको समयमा दुई तलाको घरको छतमा करेन्ट लागेर १९ वर्षीय गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
घरको छतमा नजिकैको हाईटेन्सन लाइनको करेन्ट लागेर घाइते भएका गुरुङलाई उपचार लागि मणिपाल शिक्षण अस्पताल पु¥याइए पनि १० बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

