स्याङ्जामा बन्यो १० दिनमै काठेपुल, ६३ घरपरिवार लाभान्वित
पाेखरा | पुस १९, २०७९
स्याङ्जा: कालीगण्डकी गाउँपालिका–४, बिर्घा काठेखोलामा १० दिनमै काठेपुल निर्माण गरिएको छ। कालीगण्डकी गाउँपालिकाको दुई लाख ७७ हजार ८१२ रुपियाँ र पर्यटन मन्त्रालयको दुई लाख ४५ हजार रुपियाँ गरी कुल पाँच लाख २२ हजार ८१२ रुपियाँमा सो पुल निर्माण भएको हो।
करिब पाँच मिटर लामो यो पुल झट्ट हेर्दा सामान्य लागे पनि चिफलडाँडाका स्थानीय बासिन्दा र विद्यार्थीलाई ओहोरदोहोर गर्न ठूलो राहत पुगेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो।
मन्त्रालय र पालिकाबाट विनियोजित बजेटले पुलको पक्की गोरेटो बाटो निर्माण गरिएको छ। पुल बनेपछि यहाँका स्थानीय हर्षित भएका छन्। पुलबाट ६३ घरपरिवार लाभान्वित भएको वडाध्यक्ष यादवप्रसाद पाण्डेले बताउनुभयो।
यहाँ पुल नहुँदा नजिकै रहेको विद्यालय जान, दैनिक घाँस दाउरा तथा खेती गर्ने किसानलाई असहज भएको थियो। हिउँदको समयमा केही सहज भए पनि बर्खामा पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो।
पुल बनेसँगै यहाँका विद्यार्थी र स्थानीय कृषकलाई ओहोरदोहोर गर्नलाई राहत मिलेको पाण्डेले बताउनुभयो। यहाँ जोखिम मोलेर खोला तर्दा एक महिलाको बगेर मृत्युसमेत भएको थियो।
बर्खामा खोला बढेपछि विद्यार्थी विद्यालय जानबाट र कृषकहरू खेतबारीमा जान वन्चित हुँदै आएका थिए। पर्यटकलाई आकर्षण हुने गरी निर्माण गरिएको काठेपुल दुई छेउमा ढुङ्गा, सिमेन्ट, बालुवा र गिट्टीको प्रयोग गरिएको छ। बीचमा साल र सिसौको ठूला काठ प्रयोग गरिएको छ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

