भाउजूलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ
धनगढी | जेठ १६, २०७९
धनगढी: भाउजूलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरी फरार रहेका देवरलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका–१ धनगढीका २५ वर्षीय परमेश्वर साह रहेको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएका वरिष्ठ प्रहरी नायब निरीक्षक सुरेश पालको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । गत वर्ष २०७८ माघ २१ गते उनले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई घरमा खाना पकाइरहेको अवस्थामा जीउभरि पेट्रोल छर्की आगो लगाएका थिए ।
सो क्रममा उपचारका क्रममा भाउजू राजकुमारीको मृत्यु भएको थियो । भाउजूको मृत्युपश्चात् राजन फरार रहँदै आएका थिए । यसैबीच पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

