सेन्ट्रल जोन बिच भलिबलमा कोपिला र कमलाको जोडी फाइनलमा
काठमाडाैं | पुस १४, २०७९
काठमाडौंः बंगलादेशको कक्स बजारमा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपमा नेपालका कोपिला उप्रेती र कमला पुनको जोडी महिलातर्फको फाइनलमा प्रवेश गरेका छन् ।
बंगलादेशको कक्सबजारस्थित डल्फिन बिचमा उज्वेकिस्तानकी सतिभोलदिभा र जमोलोभाको जोडीलाई २–० को सोझो सेटमा हराएर फाइनलमा पुग्न सफल भएको हो । कोपिला र कमलाको जोडीले २१–१२ र २१–१४ को सेटमा हराउन सफल भयो ।
यसअघि कोपिला र कमलाको जोडीले लिग चरणमा उज्वेकिस्तानकी सुल्तानबोइभा र कुचकोरोभाको जोडीमाथि २१–१६ र २१–१५ को सोझो सेटमा तथा दोस्रो खेलमा बंगलादेशकी अख्तर र खातुनमाथि २१–१८ र २१–१८ को सोझो सेटमा हराएर पोल विजेता बनेको थियो । फाइनल आज नै हुने टोलीका व्यवस्थापक जुनु पुनले जानकारी गराइन् । नेपालले श्रीलंकाको जोडीसँग खेल्नेछ ।
यस्तै पुरुषतर्फ मान बहादुर श्रेष्ठ र दिल सुनारको नेपालको जोडी आफ्नो पोलमा लगातार तेस्रो जित निकाल्दै पोल विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आज (बिहीबार) भएको पोलको अन्तिम खेलमा मानबहादुर र दिलको जोडीले बंगलादेशका नुर नावी र सेफ उद्धिनको जोडीलाई २१–८ र २१–१४ ले पराजित गर्दे पोल ‘ए’ को विजेता बनेको हो ।
मानबहादुर र दिलको जोडीले पहिलो खेलमा बंगलादेशका विश्वास पाभेलको जोडीमाथि २१–१८ र २१–१९ को सेटमा जित निकाल्दा अर्को खेलमा माल्दिभ्सका अहमेद र सामेलको जोडीलाई १७–२१, २१–१४ र १५–९ को सेटमा जित निकालेको थियो ।
पुरुषतर्फ बंगलादेशसँगै नेपाल, किर्गिस्तान, भुटान र माल्दिभ्सको सहभागिता रहेको छ । महिलातर्फ बंगलादेश र उज्वेकिस्तानको समान दुई टोली तथा नेपाल र श्रीलंकाको समान एक टोली गरी कुल ६ टोली रहेका छन् ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

