सडक किनार बन्यो पोखरा महानगरको ‘डम्पिङ साइट’ (तस्बिरहरू)
पाेखरा | पुस १४, २०७९
पोखरा: अंग्रेजी नयाँ वर्षको आगमनसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको तयारी छ । अब सञ्चालनका लागि तीन दिन मात्र बाँकी छ । तर विमानस्थल सञ्चालनको पूर्व सर्त मानिएको रिठेपानी डाँडा कटान र ल्याण्डफिल साइड मानिएको थियो ।
जहाज उडानका लागि आवश्यक डाँडा कटान भइसकेको छ भने पोखरा महानगरपालिकाको ल्याण्डफिल साइटको भने टुंगो छैन । त्यसोत महानगरले १० औं कार्यपालिका बैठकबाट तीन महिनाका लागि पोखरा ३२ स्थित लामेआहालमा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको थियो । यद्यपी स्थानीयबासिन्दा भने त्यो निर्णयप्रति असन्टुष्टी जनाउँदै विरोधमा छन् ।

त्यसैले यतिबेला पोखरा महानगरपालिकाको सडक किनार नै डम्पिङ साइट बनेको छ । पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड लगायतको सडक किनारमा फोहोरका डंगुरहरुले आतंक मच्चाएको छ ।
‘फोहोरको अल्पकालिन व्यवस्थापनका लागि विभिन्न वडामै पनि खोजिरहेका छौं । र निर्णय भएअनुसार लामेआहालमा मै तीन महिनाका लागि लाने भनिएको छ । विरोध आएपनि अहिले धेरथोर कुरा मिलिसकेको छ, पोखरा महानगरपालिकाका प्रवक्ता एवम् पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले सुनगाभा न्यूजसँग भने, ‘ त्यसैलेपनि अहिले फोहोर उठ्न सकिरहेको छैन । त्यसैले सडकमा भएका फोहोरहरुको व्यवस्थापनलाई केही दिन लाग्न सक्छ ।’
उनले दिर्घकालिन व्यवस्थापनका लागि पनि महानगर लागिरहेको बताए । ‘अहिले हामी अल्पकालिन लक्ष्यमा छौ । विमानस्थल सञ्चालनका लागि पनि सरसफाई गरेका थियौं, तिमिल्सिनाले भने, ‘त्यसकै केही फोहोरहरुपनि सडक किनारमा देखिएका छन् । यसको व्यवस्थापन एक/दुई दिनमै हुन्छ ।’
पोखरा महानगरपालिकाको तथ्याङ्क अनुसार दैनिक करिब १ सय ८८ टन फोहोर उठ्छ तर केही दिन उक्त फोहोर व्यवस्थापन हुन नसक्दा सडक किनार नै डम्पिङ साइट बन्ने देखिन्छ ।
हेरौँ सुनगाभाकर्मी अर्जुन गाहामगर (सशान्त) को लेन्सबाट महानगरको ‘डम्पिङ साइट’























चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

