पोखरा विश्वविद्यालयले पहिलो पटक संस्कृति मेला आयोजना गर्ने

पाेखरा | पुस १४, २०७९

पोखरा विश्वविद्यालयले पहिलो पटक संस्कृति मेला आयोजना गर्ने

पोखरा:  तराई विद्यार्थी सेवा समाज पोखरा विश्वविद्यालयले पहिलो पटक संस्कृति मेला २०७९ आयोजना गर्ने भएको छ । 


पोखरा विश्वविद्यालयले इतिहासमै पहिलो पटक संस्कृति मेला २०७९ को आयोजना गर्न लागेको एक समारोहको आयोजना गर्दै जानकारी दिएको हो  ।  


मेलामा नेपालका चर्चीत हास्य कलाकार आदर्श मिश्राको प्रस्तुतिसँगै सुपर सिक्स क्रिकेट प्रतियोगिता, अनलाइन संस्कृति भिडियो प्रतियोगिता, संस्कृति हाजिरी जवाफ प्रतोयोगिता, संस्कृति वक्तृत्वकला,टग अफा वार ,ट्रेजर हंट प्रतियोगिता,फ्ल्याश मोव, सरसफाइ कार्यक्रम र सरस्वति पुजाको दिन विभिन्न सांस्कृतिक कार्यक्रमहरु रहने समारोह संयोजक शंकर शाहले बताए । 


यस कार्यक्रमको मुख्य प्रायोजकका रूपमा किरु इन्जिनियरिङ कन्सलटेन्सी, गोल्ड प्रायोजक भेनस इंटरनेशनल कन्सलटेंसी,स्पेसल प्रायोजकमा होटल सत्कार , रोबर्ट इनभेस्टमेन्ट ,२०–२०रेस्टुरेन्ट ,लियो क्लब अफ़ जनकपुरधाम,अन्नपूर्ण ल्याब, फारेस्ट स्पोर्ट्स अरेना,सेज बिजनेस इंटरप्राइजेज्  ,सामाजिक केन्द्र नेपाल ,गोदार मार्ट र सिल्वर प्रायोजकको रूपमा ईदु हब एज्युकेशन फाउंडेशन रहेका छन्।

 

यस संस्कृति मेला २०७९ को पुर्व कार्यक्रमहरु पौषको तेस्रो  हप्ता देखी सुरु हुने र माघ १२ गते सरस्वति पुजाको  दिन समापन गरिने कार्यक्रमका डायरेक्टर ज्ञानेन्द्र त्रिपाठीले जानकारि दिए  । 

काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।  विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...

थप पढ्नुहोस्

धनुषा:  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...

थप पढ्नुहोस्

दैलेख:  भरुवा बन्दुकको छर्रा लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यहाँको महाबु गाउँपालिका–४ काप्रिखोलाका अन्दाजी ३४/३५ वर्षीय पूर्ण बहादुर थापा सलामी मगर रहेका छन् । स्थानीय ब...

थप पढ्नुहोस्