मेयरमा पराजित थापाका सहयोगी ‘मन्नु’ पक्राउ

कास्की | जेठ १६, २०७९

मेयरमा पराजित थापाका सहयोगी ‘मन्नु’ पक्राउ

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले अनेरास्ववियुका केन्द्रिय सदस्य तथा कास्की जिल्ला सह–इन्चार्ज महेन्द्र पाैडेल  (मन्नु)लाई पक्राउ गरेको छ । सरकारी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा कास्की प्रहरीले पाैडेललाई आज (सोमबार) पक्राउ गरेको हो । 

 

उपाध्यायलाई अभद्र व्यवहार कसुरमा मुद्धा दर्ता गरि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले सुनगाभा न्यूजलाई बताए । 

 

तिवारीका अनुसार उपाध्यायले केन्द्रीय कार्यक्रम अनुसार कास्कीमा सरकारी सवारी साधनलाई नियन्त्रणमा लिने क्रममा एक सरकारी कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए । 

 

सो कर्मचारीले कास्की प्रहरीलाई मौखिक उजुरी दिए अनुसार पक्राउ गरिएको डिएसपी तिवारीले जानकारी दिए । ‘उहाँ हाम्रै कस्टडीमा हुनुहुन्छ, डिएसपी तिवारीले भने, ‘सरकारी गाडी रोक्ने उहाँहरुको कार्यक्रम थियो । त्यो कार्यक्रममा उहाँहरुले गरेको व्यवहार अभद्र भो भनेर हामीलाई उजुरी परेको थियो । त्यसैको आधारमा नियन्त्रणमा लिएका हौं ।’

 

प्रवक्ता तिवारीले आजै मुद्धा दर्ता भएर कानूनी कारवाही अगाडी बढेको बताउदै भने, ‘मुद्धा दर्ता भएर केस अगाडी बढिसकेछ ।’ यसअघि शुक्रबार सोही कर्मचारीलाई अभद्र व्यवहार गरेको अभियोगमा अनेरास्ववियुका समर्थक माधव पौडेललाई पक्राउ गरिसकेको डिएसपी तिवारीले बताए । ‘अर्काे पनि हुनुहुन्छ । उहाँलाई अस्ती शुक्रबार पक्राउ गरिएको थियो । त्यही दिन नै म्याद थप भएको छ । दुवैजनाको एउटै केस हो ।’

 

स्मरणीय छ पक्राउ परेका पाैडेल पोखरा महानगरपालिकाको मेयर पदमा पराजित नेकपा एमालेका कृष्ण थापाको पूर्व स्वकीय सचिव समेत हुन् ।
 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्