महाभारादेखि कञ्चनजङ्घासम्म

पाेखरा | पुस ९, २०७९

महाभारादेखि कञ्चनजङ्घासम्म

पोखराः      नेपाल लिट्रेचर फस्टिभलको तेस्रो दिन एउटा सेसन थियो-‘महाभारादेखि कञ्चनजङ्घासम्म ।’ सेसनमा थिए लेखक तथा पत्रकारद्वय मोहन मैनाली र वसन्त बस्नेत ।


कार्यक्रमको सहजकर्ता थिए पत्रकार विराट अनुपम । अघिल्लो वर्ष पत्रकार बस्नेतले उपन्यास ‘महाभारा’ बजारमा ल्याए । ‘तपाईंले पुस्तकमा ३८ पटकसम्म महाभारा शब्द ल्याउनुभएको छ। यसप्रतिको प्रेम के हो?’ विराटको प्रश्न थियो ।


वसन्त भन्छन्, ‘महाभारा औपचारिक रुपमा धेरै प्रयोग गरिन्न। यो मान्छेको जीवनशैलीमा भिजेको छ । यो लोकल प्रचलितबाट ल्याएको शब्द हो ।’


पहाडमा बस्ने मान्छेलाई संस्कृतिबाट बढी राम्रो सुनिन्छ । लोकल प्रचलितबाट ल्याउने हो भने । 


मोहन मैनालीलाई ‘महाभारा’बाट देखिने दृश्यबारे सोध्छन्। मोहन आकाशबाट हेर्दा महाभारा फरक देखिने बताउँछन् । ‘महाभाराबाट सिधा अगाडि देखिने जुन हिमाल छन्, कन्चनजंगादेखि कुम्भकर्णसम्म । त्यो जोडिएजस्तो लाग्थ्यो। तर माथिबाट चाहिँ हेर्दा धेरै ठाउँ खाली देखिँदो रहेछ। तलबाट जस्तो राम्रो दखिने रैनछ ।’


आफूले प्लेनबाट शरत ऋतुको बेलामा महाभारा हेर्दा सुन्दर देखिएको पनि उनी स्मरण गर्छन् ।


विराट वसन्तलाई प्रश्न गर्छन्, ‘बाँचेको महाभारा र लेखेको महाभारामा के फरक छ ? इलाममा बसेको महाभारा र काठमाडौंबाट हेरेको महाभारमा के फरक?’


वसन्त आफूले किताबमा लेखेको ‘महाभारा’ हिजोआज नपाउने बताउँछन्। ‘म महाभारा क्षेत्रमा पुग्दा कतिपय चिज यस्तो छ, जसलाई महत्व नदिई त्यसको महत्व स्थापित भएको थियो। पात्रबाट हेर्दा डुक्पा कोही थिएन, सुक्मती कोही पनि थिएन । विशुद्ध कल्पना थियो पात्र। कति कुरा देखेको भोगेको, कति कुरा निर्मित यथार्थ हो,’ उनी भन्छन् ।


मोहन धेरै स्थान पुगिसक्दा पनि कन्चजंगा पुगेका छैनन्। विराट सोध्छन्, ‘तपाईं कन्चनजंगा पुग्न किन भ्याउनुभएन?’


मोहन आफ्ना पुराना यात्राताकाका समयमा पर्कन्छन्। उनलाई करिअरका सुरुवाती दिनमा मनास्लु जाने अवसर आयो। ‘एकजना भरिया टेप बोकाएर लानुपर्यो । मेरा सिनियरहरू १ सय १ तयार थिए। भोज भएको ठाउँमा खान नपाएका मान्छे मुख मिठ्याएर बसेगरी म बसेको थिएँ। धन्न सिनियरले राम्रो काम पाउनुभयो र जान्न भन्नुभयो। त्यसपछि मैले पाएँ । पहिलो पटक त्यहाँ गएर फर्केपछि म नियरहरूभन्दा अगाडि भएँ । मैले छाडेपछि मात्र अरु सिनियर जान पाउनुभयो,’ मोहनले सम्झिए । 


विस्तारी थुप्रै ठाउँमा आफूले घुम्न पाएको मोहनले बताए। कतिपयले मोहनलाई सोध्छन्, ‘यसरी धेरै घुमेर पैसा कसरी ल्याउँछौं? विदा कसरी लिन्छौ?’ 


मोहन आफू जहाँ घुमे पनि कामैको शिलशीलामा घुम्ने बताउँछन्। बरु जहाँबाट घुमेको छु त्यहाँबाट पारिश्रमिक पनि लिने उनी सुनाउँछन् ।

 

पोखरा:   सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् ।  उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...

थप पढ्नुहोस्

पोखरा:   नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...

थप पढ्नुहोस्