महाभारादेखि कञ्चनजङ्घासम्म
पाेखरा | पुस ९, २०७९
पोखराः नेपाल लिट्रेचर फस्टिभलको तेस्रो दिन एउटा सेसन थियो-‘महाभारादेखि कञ्चनजङ्घासम्म ।’ सेसनमा थिए लेखक तथा पत्रकारद्वय मोहन मैनाली र वसन्त बस्नेत ।
कार्यक्रमको सहजकर्ता थिए पत्रकार विराट अनुपम । अघिल्लो वर्ष पत्रकार बस्नेतले उपन्यास ‘महाभारा’ बजारमा ल्याए । ‘तपाईंले पुस्तकमा ३८ पटकसम्म महाभारा शब्द ल्याउनुभएको छ। यसप्रतिको प्रेम के हो?’ विराटको प्रश्न थियो ।
वसन्त भन्छन्, ‘महाभारा औपचारिक रुपमा धेरै प्रयोग गरिन्न। यो मान्छेको जीवनशैलीमा भिजेको छ । यो लोकल प्रचलितबाट ल्याएको शब्द हो ।’
पहाडमा बस्ने मान्छेलाई संस्कृतिबाट बढी राम्रो सुनिन्छ । लोकल प्रचलितबाट ल्याउने हो भने ।
मोहन मैनालीलाई ‘महाभारा’बाट देखिने दृश्यबारे सोध्छन्। मोहन आकाशबाट हेर्दा महाभारा फरक देखिने बताउँछन् । ‘महाभाराबाट सिधा अगाडि देखिने जुन हिमाल छन्, कन्चनजंगादेखि कुम्भकर्णसम्म । त्यो जोडिएजस्तो लाग्थ्यो। तर माथिबाट चाहिँ हेर्दा धेरै ठाउँ खाली देखिँदो रहेछ। तलबाट जस्तो राम्रो दखिने रैनछ ।’
आफूले प्लेनबाट शरत ऋतुको बेलामा महाभारा हेर्दा सुन्दर देखिएको पनि उनी स्मरण गर्छन् ।
विराट वसन्तलाई प्रश्न गर्छन्, ‘बाँचेको महाभारा र लेखेको महाभारामा के फरक छ ? इलाममा बसेको महाभारा र काठमाडौंबाट हेरेको महाभारमा के फरक?’
वसन्त आफूले किताबमा लेखेको ‘महाभारा’ हिजोआज नपाउने बताउँछन्। ‘म महाभारा क्षेत्रमा पुग्दा कतिपय चिज यस्तो छ, जसलाई महत्व नदिई त्यसको महत्व स्थापित भएको थियो। पात्रबाट हेर्दा डुक्पा कोही थिएन, सुक्मती कोही पनि थिएन । विशुद्ध कल्पना थियो पात्र। कति कुरा देखेको भोगेको, कति कुरा निर्मित यथार्थ हो,’ उनी भन्छन् ।
मोहन धेरै स्थान पुगिसक्दा पनि कन्चजंगा पुगेका छैनन्। विराट सोध्छन्, ‘तपाईं कन्चनजंगा पुग्न किन भ्याउनुभएन?’
मोहन आफ्ना पुराना यात्राताकाका समयमा पर्कन्छन्। उनलाई करिअरका सुरुवाती दिनमा मनास्लु जाने अवसर आयो। ‘एकजना भरिया टेप बोकाएर लानुपर्यो । मेरा सिनियरहरू १ सय १ तयार थिए। भोज भएको ठाउँमा खान नपाएका मान्छे मुख मिठ्याएर बसेगरी म बसेको थिएँ। धन्न सिनियरले राम्रो काम पाउनुभयो र जान्न भन्नुभयो। त्यसपछि मैले पाएँ । पहिलो पटक त्यहाँ गएर फर्केपछि म नियरहरूभन्दा अगाडि भएँ । मैले छाडेपछि मात्र अरु सिनियर जान पाउनुभयो,’ मोहनले सम्झिए ।
विस्तारी थुप्रै ठाउँमा आफूले घुम्न पाएको मोहनले बताए। कतिपयले मोहनलाई सोध्छन्, ‘यसरी धेरै घुमेर पैसा कसरी ल्याउँछौं? विदा कसरी लिन्छौ?’
मोहन आफू जहाँ घुमे पनि कामैको शिलशीलामा घुम्ने बताउँछन्। बरु जहाँबाट घुमेको छु त्यहाँबाट पारिश्रमिक पनि लिने उनी सुनाउँछन् ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

