हृदयदेखि हृदयसम्म
पाेखरा | पुस ९, २०७९

डा. भगवान कोइराला
पोखराः हामीले कसैको जीवनमा केही न केही सकरात्मक प्रभाव पार्न सक्छौं । कहिले काहीँ असन्तुष्ट पनि हुन सकिन्छ । दुःख त हुन्छ । थकित पनि भइन्छ । प्रत्येक दिन दर्जनौं विरामीहरुको हँसिलो अनुहार देख्न पाउँदा काम गर्ने ऊर्जा मिल्छ । यो भाग्यको कुरा पनि हो ।
संस्कृतिमा मेरो असाध्यै राम्रो थियो । भाषामा मात्रै दख्खल थियो होला त्यो बेला । अख्यानमा म कमजोर नै थिएँ । साइन्स वायोलोजिमा राम्रो भएकोले म त्यतातिर लागे । पुस्कतमा त्यस्तो फूलबुट्टा भरिएको छैन, मलाई जस्ताको जस्तै प्रस्तुत गरिएको छ ।
एउटा पुस्तक २५ हजार मूल्यमा बिक्रि गरेर सात प्रदेशमा विशिष्टिकृत बाल अस्पताल खोल्न सम्भव देख्नुहुन्छ ?
यो सम्भव छैन भन्ने कुरामा क्लियर छु, त्यो अपेक्षा पनि राखेको छैन । देशका लागि चाहिएको विषय हो । यसको महत्वपूर्ण स्टेप चाहि यो हुन सक्छ । नलेजलाई प्रयोग गरेको हो । यसको लागि प्रकाशकले फ्रिममा पुस्तक छापिदिनु भयो । मैले रोयल्टी नलिने गरी पुस्तक छापिदिनु भयो ।
सरकारले यस्ता खालका अस्पतला खोल्न सकेको छैन । तर तपाईले यो उमेर आएर यो जोखिम किन मोल्न खोजेको ?
बालअस्पताल सरकारको योजनामा नै पर्छ । यो सबैले मिलेर गर्ने काम हो । यसमा हामी सबैले मिलेर काम गर्न चाहान्छौं । अस्पतालको मोडल पनि सरकार र गैरसकारी क्षेत्रबाट हुने हो । यसलाई सरकारले गर्न नसकेको पनि नभनौं ।
२०÷२२ वर्षअघि गंगालाल अस्पतालमा कार्यकारी निर्देशकको रुपमा भर्खर नियुक्ति भएको थिएँ । त्यसबेलाको स्वास्थ्य मन्त्रीले देशमा मुटुको रोग नै छैन । मुटुको अस्पताल किन चाइयो भनेका थिए । अहिले मुटु अस्पतालको अस्पताल ‘भ्यालु’ सावित भयो ।
त्यसैले महशुसलाई गाइड गर्दिने काम पनि विज्ञहरुको कै हो । यसमा हामी सबै जिम्मेवारी हुनु पर्छ । यसमा कुनै अन्यथा लिनु पर्दैन । यो ‘मोडल’ बाट गयो भने दिर्घकालिन रुपमा योगदान दिन सकिन्छ भनेर यो योजना बनाएको हो । यसमा प्रदेश सरकार र स्थानीय सरकार हुन्छ । तर यसको नेतृत्व गर्ने काम गैरसकारी क्षेत्रले गर्न खोजेको हो । त्यसैले यसलाई सरकारसँग सहाकार्य गर्ने रुपमा लिएको छु ।
स्थानीय सरकारको कुरा गर्दा पोखरा महानगरसँग पनि सम्झौता भएको जस्तो लाग्छ । पहिलो विशिष्टिकृत बाल अस्पताल चाहि पोखरामै बन्ने होकी भन्ने आशा पनि गरिएको छ नि ।
मेरो पोखरासँग पुर्खैली नाता कतिपयलाई थाहा पनि छैन होला । मेरा पुस्ता पोखाराबाट पाल्पा गएका रहेछन् । त्यसकारण मेरो पोखरासँग आत्मीय सम्बन्ध छ । काठमाडौं भन्दा पहिले यही अस्पतलाको खोल्ने भेर योजना बनाएका थियौं । भेनु खाली नभएकोले काम अलि ढिला भयो ।
ननसरकारी अस्पताल जान मन लाग्दैन । तर मुटु रोग लाग्यो भने मान्छे गंगालालय जान्छन् । यो अस्पतालले जुन विश्वासनीयता हाँसिल गर्याे । सर्वसाधारण नेपालीहरुले उपचार गर्न मिल्ने नमूना बन्यो । यसको कुन फ्याक्टरले गर्दा सफल भयो ?
यसको सम्पूर्ण जस मलाई मात्रै दिन मिल्दैन । यसको धेरै फ्याक्टरहरु छन् । लिडरसिप नै यसको लागि बढी महत्वपूर्ण हुन्छ । देशको स्तर हेर्दा, राष्ट्रिय स्तरको संघसंस्थाको रुपमा हेर्दा पनि लिडरसीपबाट धेरै कुराहरु गाइड हुन सक्छन् । चाहानाले मात्रै पुग्दैन । इमान्दारिताको साथ कुनै काम गर्छु भनेर दृढता गर्याे भने धेरै कुरा मिलेर आउने रहेछ ।
अस्पतालले कुनै भौतिक सामान पनि व्यवस्था गर्नु पर्छ । मुलभूत रुपमा अस्पताल विरामी र विरामीको आफन्तहरु प्रति कति संवेदनशील छन भन्ने कुराको अनुभूति विरामीलाई भयो भने वा विरामीका मान्छेमरुलाई भयो भने आक्रमक हुँदैनन् । विरामी र विरामीको आफन्तको विश्वास जित्ने काम चिकित्सककको हो । तर कपितय अवस्थामा सामाना पनि गर्नु पर्छ । सबै भन्दाबढी जोखिम त मुटु र कार्डियोमा हुन्छ । हृदयघात भएर पनि विरामीको मृत्यु हुन्छ । सबै ठाउँमा मिल्दैन, यस्तोमा म आफै पनि फसेको छु ।
अपरेसशन पछि कतिपय अवस्थामा मृत्यु हुनसक्छ । ती सबै घटना दुर्घना भने हुँदैन । तर विरामीप्रति कमिटेड हुने, विरामीलाई दिलो ज्यान दिने विरामीका आफन्तले देख्नु पर्छ कि सबै जना खटिरहेका छन् भनेर अनुभूत हुनुपर्छ । कतिपय अवस्थामा गर्दा गर्दै पनि हुँदैन । विज्ञानले पनि सतप्रतिशत दिन सक्दैन । विरामीका परिवारले चिकित्सकले इमान्दार भएर काम गरेका छन् भन्ने भयो भने यस्ता घटनाहरु न्युनीकरण हुन्छ ।
यसमा धेरै जिम्मेवारी हाम्रो छ । जनता पनि चेतनशील हुनुपर्छ । अनावश्यक भौतिक होहल्लाले जनतालाई हानी पुग्छ । दुवैको जिम्मेवारी एउटै हो भनेर बुझेर गयो भने फाइदा हुन्छ ।
आफैमा संवेदना हुँदैन, यो सत्य हो । संवेदना ब्रेनको टिप एरियामा हुन्छ । त्यहीबाट एक्प्रेस भएर मुटुलाई ड्राइभ हुने हो ।
प्रत्येक पटक मुटुलाई खोलेर हेर्दा वा अप्रेशन गरेर ठिक बनाएर फेरि चालु गर्दा अझै पनि एक्साइटमेन्ट आउँछ । मुटुमा एक हिसाबको विशेषता चाहि छ । अरु माशंपेशी भएपनि अरु जस्तो होइन । यसको रिदम हुन्छ । मुटुको बनाउँदा युनिक फिचर मुटुलाई दिएको छ । त्यसैले प्रत्येक मटुलाई टिक गर्दा छुट्टै एक्साइटमेन्ट हुन्छ । अर्काे चुनौती पनि छ । यसअर्थमा हेर्दा धेरै संवेदना भएको महशुस हुन्छ ।
अस्पतालमा गम्भीर प्रकृतिको रोगले विरामी भएर आउँदा विरामीको इमोसन र विरामीको आफन्तहरुको इमोसन । आत्तिएका हुन्छन् । त्यसमा डाक्टरहरुले विचार पुर्याएन कठिन हुन्छ । रोगको र मानसिक रुपमा पनि उपचार गर्नु पर्ने हुन्छ । चिकित्सकले रोगको मात्रै उपचार गर्ने होइन । विरामी र समग्र रुपलाई हेर्ने हो । पहिले विरामीको आफन्तको इमोसनलाई सम्बोन गर्न सकियो भने समधान हुन्छ ।
अस्पताल सुध्रदै गयो घरचाहि विग्रदै गयो । भन्ने प्रसंग पनि आयो । कसरी मिलाएर अघि बढ्नु पर्ने रहेछ ।
आर्थिक हिसाबले गाह्रो हुँदै गएको थियो । सरकारी अस्पतालमा सर्पित भएर काम गर्दा घर चलाउने मामला निकै गाह्रो भएको थियो । त्यो बाहेक अरु सबै ठिक छ । स्वास्थ्य क्षेत्रको संघसंस्थालाई विकास गर्न राजनीतिक नेताहरुले सहयोग गरिदिनु पर्याे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ। आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका ...
रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा कुकुरलाई झुड्याएर हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन रहेक...
धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ। परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा...