‘नयाँ सरकार काँग्रेसकै नेतृत्वमा बन्नुपर्छ’

काठमाडाैं | पुस ९, २०७९

‘नयाँ सरकार काँग्रेसकै नेतृत्वमा बन्नुपर्छ’

काठमाडौं:   नेपाली कांग्रेसका सांसदहरुले नयाँ सरकार काँग्रेसकै नेतृत्वमा बन्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका सांसदहरुले सो दवाव दिएका हुन् ।


जनतासँग मत माग्न जाँदा देशको नेतृत्व कांग्रेसले नै गर्छ भनेर मत मागेको स्मरण गराउँदै जनतासँगको वाचा पूरा गर्न आगामी नेतृत्व कांग्रेसले नै गर्नुपर्नेमा जोड दिएको सांसदहरुले बताएका छन् । कांग्रेस वर्तमान अवस्थामा देशकै ठूरो राजनीतिक दल भएकाले गठबन्धनभित्र पनि कांग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्न सुझाव दिएका हुन् । 


प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सांसद रमा पौडेलले अबको सरकार पनि कांग्रेसकै नेतृत्वमा बनाउन सझाव दिएको बताउनुुभयो । गबठन्धन देशको सुशासन, समृद्धि, स्थायित्वका लागि बनेकाले गठबन्धनमा आवद्ध दलहरुले कांग्रेस नेतृत्वमा सरकार गठन गर्नमा सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।  


गठबन्धनले भोलिको लागि भागबण्डा भन्दापनि तत्कालको नेतृत्व नेपाली कांग्रेसलाई दिनुपर्ने आफूहरुले सुझाव दिएको उहाँले बताउनुभयो । सांसद पौडेलले भन्नुभयो, ‘अबको गठबन्धन १० वर्षसम्म जान्छ । यो गबठन्धन देशको सुशासन, समृद्धि, स्थायित्वका लागि हो । आज प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर हामीले त्यही सुझाव दिएका छौं ।’ 

प्रधानमन्त्री लिएर राष्ट्रपति पद पनि कांग्रेसले छाड्न नहुने सांसदहरुको सुझाव छ । सांसद पौडेलले भन्नुभयो, “कांग्रेसले प्रधानमन्त्री लिएर राष्ट्रपति छोड्नुपर्छ भन्ने होइन,  मुख्यमन्त्री, सभामुख लगायतका पदहरु पनि छन् ।”


कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति लिएर बाँकी पदहरु उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, मुख्यमन्त्रीहरुको पदहरुमा गठबन्धनमा आवद्ध दलहरुसँग भागबण्डा हुनसक्ने उहाँले बताउनुभयो । 


राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि भोलि १० गतेसम्मको समय निर्धारण गर्नुभएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच सघन वार्ता भएपनि सहमति बन्न नसकिरहेको अवस्थामा कांग्रेसका सांसदहरु आज प्रधानमन्त्रीलाई भेटेर सुझाव दिन बालुवाटार पुग्नुभएको थियो । 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्