बागलुङ पोखरामा जारी भलिबलको फाइनलमा
स्याङ्जा र नवलपुर फाइनल प्रवेशका लागि खेल्दै
पाेखरा | पुस ९, २०७९

पोखराः पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधि दावेदार जिल्ला भलिबल बागलुङ फाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशाला भलिबल कोर्टमा आज (शनिबार ) भएको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले कास्कीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेट गुमाएको बागलुङले खेलमा उत्कृष्ट पूनरागमन गर्दै कास्कीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । १६–२५ ले पहिलो सेट गुमाएको बागलुङले क्रमश २५–२०ले दोस्रो जितेको बागलुङले तेस्रो सेटमा २०–२३ को अङ्कमा उत्कृष्ट पूनरागमन गर्दै २६–२४ को अङ्कमा तेस्रो सेट जितेको थियो भने चौथो सेट २५–२० ले जितेको थियो ।
दोस्रो सेमिफाइनल खेलमा अहिले जिल्ला भलिबल संघ स्याङ्जा र नवलपुरले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गरिरहेका छन् । फाइनल आइतबार हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०/१० हजार प्राप्त गर्नेछन् ।
गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ ।
चितवन: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज दाहाल निवा...
काठमाडौं: वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी ...
पाल्पा: पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी धनी समेत रहेका बगनासकाली गाउँपालिका वडा नं। १ गाप्टुङ घर भई हाल बुटवल उप महानगरपालिका ११ मझुवा ब...