नेकपाका उम्मेदवार राजकाजी: सहिदको शालिकमा माल्यार्पण गरेर भेटघाट शुरु

पाेखरा | माघ १८, २०८२

नेकपाका उम्मेदवार राजकाजी: सहिदको शालिकमा माल्यार्पण गरेर भेटघाट शुरु

पाेखरा:   कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ ।

 

सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले रुपा–३ टाकेञ्जास्थित सहिदहरु कमल भुजेल, सुमित्रा घिमिरे, तीर्थ भुजेल र बिजय बास्तोलाको शालिकमा माल्यार्पण गरेर आईतबारको भेटघाट शुरु गरेको हो ।

 

भेटघाटमा स्थानियले यस पटक नेकपालाई नै जिताउने वचन दिए ।

 

विगतमा अन्य दलको उम्मेदवारलाई जिताउँदा नेकपालेजस्तो विकास र सुशासन दिन नसकेकाले यस पटक फेरी नेकपालाई जिताउने बताएका थिए । तर नेकपाले पनि जनयुद्दका अजेण्डा छाड्न नहुने बताए ।

 

स्थानीय एक आमाले भक्कानिदै भनिन्,‘नेकपाले जित्दाजस्तो विकास र सुशासन अरुले गरेनन्, त्यसैले यस पटक नेकपालाई जिताउँछौं । तर तपाईंहरुले पनि सहिदको सपना र वेपत्ताको योगदान नबिर्सिनूस् ।’

 

अर्की आमा चिजा भुजेलले जेनजी आन्दोलनको वातावरण बनाउने कांग्रेस र एमाले र जेनजी आन्दोलनको नाममा आगजनी गर्ने बालेन र रविको हातमा सत्ता गए देशले दुःख पाउने बताईन् । उनले भनिन्,‘त्यसैले हामी सचेत भएर नेकपालाई जिताउँछौं ।’

 

सो अवसरमा उम्मेदवार राजकाजी गुरुङले पार्टी र आफू जनयुद्दको अजेण्डामा कायम रहेको बताए । उनले भने,‘सहिदको सपना र वेपत्ता तथा घाईतेको योगदान कहिल्यै बिर्सिएको छैन र बिर्सने पनि छैन । त्यो सपना पूरा गर्ने भनेको समाजवादले मात्र हो, हामी त्यसकै लागि लडिरहेका छौं ।’

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्