सम्झनामा रहिन् एयरहोस्टेज ‘कृष्मी थापा’ (तस्वीरहरु)
मुस्ताङ | जेठ १६, २०७९
मुस्ताङ: तारा एयरको जहाज दुर्घटना हुँदा अहिलेसम्म १४ जनाको शव फेला परेको छ । तर उनीहरुको सनाखत भने हुन सकेको छैन ।
मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भन्ने भिरमा जहाज दुर्घटनाग्रस्त अवस्थामा आज बिहान भेटिएको थियो ।
आइतबार बिहान ९:५५ बजे जोमसोमका लागि उडेको विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, कोपाईलट उत्सव पोख्रेल एयरहोस्टेज कृष्मी थापा गरि ३ जना चालक दलमा रहेका थिए । भने १९ यात्रुमध्ये २ जर्मनी नागरिक, ४ भारतीय नागरिक र १३ जना नेपाली यात्रु रहेका थिए ।
सो मध्ये गोरखाको एकै परिवारको ४ जना र धनुषाको एकै परिवारको ७ जना विमानमा रहेको पुष्टि भएको छ । यो समाचार तयार पार्दासम्म कुल १४ जनाको शव फेला पारिएको छ भने अन्यको खोजीकार्य तिव्र पारिएको नेपाली सेनाले जनाएको छ ।
उक्त दुर्घटनामा परि ज्यान गुमाएका एयरहोस्टेज कृष्मी थापा अब सम्झनामा मात्रै रहेकी छिन् । विगत ५ वर्षदेखि तारा एयरमा काम गर्दै आएकी कृष्मीको अर्काे नाम ‘मनिषा’ पनि हो । जुन सामाजिक सञ्जाल फेसबुकमा देखिन्छ । थापा फुटबलप्रेमी मात्र नभई क्रिस्टियानो रोनाल्डोको सर्मथक समेत रहेकी थिइन् ।
सम्झनामा रहेकी स्याङ्जाकी २६ वर्षिया एयरहोस्टेज कृष्मीथापाको तस्वीरहरु:-







काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

