महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ
काठमाडाैं | पुस ८, २०७९
काठमाडौं: सामाजिक सञ्जाल मार्फत महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ ।
फेसबुकमा साथी बनाई विभिन्न प्रलोभनमा पारी महिलालाई अश्लिलता प्रदर्शन गर्न लगाएको आरोपमा ३१ वर्षीय विश्वनाथ कुर्मीलाई पक्राउ गरेको हो ।
रुपेन्देही शिद्वार्थनगर नगरपालिका वडा नं। ११ घर भई हाल वैदशिक रोजगारमा रहेका कुर्मीलाई नेपाल फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गौचरबाट पक्राउ गरिएको साइबर व्युरोले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।
विज्ञप्तिमा कुर्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतको ओदेशमा ४ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको उल्लेख गरिएको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

