पोखरामा आज १२ सय व्यक्तिलाई नेवारी भोज खुवाइने

पाेखरा | पुस ९, २०७९

पोखरामा आज १२ सय व्यक्तिलाई नेवारी भोज खुवाइने

पोखराः   नेवाः खल कास्की र नेवाः मिसा पुचः कास्कीको आयोजनामा पोखरामा नेवारी भोज कार्यक्रम हुने भएको छ । शनिबार झ्वः भ्वय तथा सांस्कृतिक उत्सवको तेस्रो संस्करण आयोजना हुन लागेको नेवाः मिसा पुचः कास्कीका अध्यक्ष मेनुका श्रेष्ठले जानकारी दिनुभयो ।  


साँस्कृतिक गतिविधी मार्फत नेवारी संस्कृतिको जगेर्नामा तल्लिन नेवाः खलले नेवारी खानाको संस्कृतिलाई बचाउनका लागि भोजको आयोजना गरिएको नेवाः खल कास्की का अध्यक्ष अशोक पालिखेले बताउनुभयो । पोखरामा पहिलोपटक २०७२ सालमा झ्वः भ्वयको आयोजना गरिएको थियो । हरेक २/२ बर्षमा आयोजना हुने नेवारी भोज कोरोनाका कारण नियमित हुन नसकेको उहाँले जानकारी दिनुभयो । 


नेवारी खानका परिकारलाई फुड कल्चरका रुपमा विकसित गर्न तथा परम्परादेखि चलि आएको खाद्य संस्कारका बारेमा युवा पुस्तालाई समेत जानकारीका लागि कार्यक्रम सहायक हुने कार्यक्रम संयोजक मोहिनी श्रेष्ठले बताउनुभयो ।
 

कार्यक्रममा नेवारी परिकारका साथै कुमारी नाच, बज्रयोगिनी नाच समेत प्रस्तुत गरिने नेवाः मिसा पुचः का संस्थापक अध्यक्ष शान्ती उदासले जानकारी दिनुभयो । उक्त कार्यक्रममा १ हजार २ सय जनालाई भोज खुवाइने लक्ष्य रहेको उदासले बताउनुभयो । कार्यक्रम भिमसेनटोलस्थ्ति नेवाः छेः मा आयोजना हुने छ ।
 

कार्यक्रमका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । कार्यक्रम संयोजकमा मोहिनी श्रेष्ठ, अतिथि सत्कारमा शान्ति उदास, आर्थिक व्यवस्थापनमा सोनी ढेवाजु, सांस्कृतिक संयोजकमा रेविका श्रेष्ठ, टिकट व्यवस्थापनमा किरण बिजुक्छे, प्रचारप्रसार संयोजकमा शक्ति प्रधानाङ्ग, साज सज्जामा देविका श्रेष्ठ तथा व्यानर व्यवस्थापनमा रेखा कर्माचार्य रहेका छन् ।
 

कार्यक्रमलाई गण्डकी आयल मिलको कोशेली तेल, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, ग्रीन डेभलबमेन्ट बैंक, टिशा सिल्भर सप, मेनुका इम्पोरियमले प्रायोजन गरेको छ । यसैगरि सुजल फुड्स, फिस्टेल डेरी, वोन्डाइ क्याफे, कृष्ण राइस मिल लगायतका संघ संस्थाले पनि प्रायोजन गरेका छन् भने नेपाल पर्यटन वोर्ड पोखरा प्रवद्र्धकका रुपमा रहेको छ ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्