उपाधि दावेदार स्याङ्जा सेमिफाइनल प्रवेश

बागलुङ र नवलपुरको लिग चरणको अन्तिम खेल बाँकी

पाेखरा | पुस ८, २०७९

उपाधि दावेदार स्याङ्जा सेमिफाइनल प्रवेश

पोखराः   पोखरामा जारी गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएको जिल्ला भलिबल स्याङ्जा सेमिफाइनल प्रवेश गरेको छ । 

 

गण्डकी प्रदेश भलिबल संघको आयोजनामा भइरहेको प्रथम गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा समूह ‘ख’ को विजेता बन्दै जिल्ला भलिबल संघ स्याङ्जा सेमिफाइनल प्रवेश गरेको हो । 


स्याङ्जाले लिगचरणको  खेलमा जिल्ला भलिबल संघ तनहुँलाई ३–२ को सेटमा पराजित गर्दै समूह ‘ख’ को विजेता बन्दै स्याङ्जा सेमिफाइनल प्रवेश गरेको हो । स्याङ्जाले तनहुँलाई १८–२५,२५–१२, २५–१९, २५–१७ र १५–११ ले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 


यस्तै समूह ‘ख’ बाट उपविजेता बन्दै जिल्ला भलिबल कास्की सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘ख’मा स्याङ्जाको ८ अङ्क र कास्कीको ६ अङ्कका साथ सेमिफाइनल प्रवेश गरेको गण्डकी प्रदेश भलिबल संघका महासचिव टहलसिंह थापा मगरले बताए । 


समूह ‘क’ तर्फको नवलपुर र बागलुङ पनि एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । 


जिल्ला भलिबल संघ बागलुङ र नवलपुरको लिग चरणको अन्तिम खेलमा रात परेपछि खेल अवरुद्ध भएको थियो । समूह ‘क’बाट बागलुङ र नवलपुर सेमिफाइनल प्रवेश गरेपनि समूह विजेताको अन्तिम टुङ्गो लगाउन लिग चरणको अन्तिम खेल भोलि (शनिबार ) हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ । 


आज भएको अन्तिम खेलमा जिल्ला भलिबल संघ नवलपुरले पर्वतलाई ३–२ को सेटमा पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । नवलपुरले पवर्तलाई २३–२५, २५,१९, १९–२५, २५–१५ र १५–१३ को अङ्कले पराजित ग¥यो । 


समूह ‘क’ मा बागलुङ ९ अङ्क सहित शिर्षस्थान छ भने नवलपुरको ८ अङ्क छ । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भईरहेको छ । 


प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०/१० हजार प्राप्त गर्नेछन् । 


गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ । 
 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्