बिटी कप माघ २२ देखि, उपाधि राशी २ लाख २ सय २२ रुपैयाँ

पाेखरा | माघ १६, २०८२

बिटी कप माघ २२ देखि, उपाधि राशी २ लाख २ सय २२ रुपैयाँ

पोखरा:  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही माघ २२ गतेदेखि नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । 
 

बुद्धटोल युवा क्लबले आज (शुक्रबार) पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगिताबारे जानकारी दिएको हो । 

 

क्लबका अध्यक्ष सन्तोष गुरुङले माघ २२ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा ५० बढी टिमको सहभागिता हुने अपेक्षा गरिएको बताए । 

 

‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता यही माघ २२ गतेदेखि सञ्चालन गर्दै छौं, अध्यक्ष गुरुङले भने, ‘अहिले हामी प्रतियोगिताको तयारीलाई तिब्र पारेका छौ ।’

 

उनले प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए । 


उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८÷८ हजार पुरस्कार प्राप्त गर्नेछन् । 

 

यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए ।

 

 

उनले प्रतियोगितामा सहभागिता जनाउनका लागि प्रतिटिम १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको सापकोटाले बताए । 

 

बिटी क्लब खेलकुद प्रतियोगितासँगै फुटबल एकेडेमी सञ्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ । 
 

बिटी क्लब सामाजिक क्षेत्रमासमेत क्रियाशिल रहदैं आएको छ ।

 


 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्