गोधुली साहित्य–सिर्जना सम्मान डा क्षेत्रीलाई

काठमाडाैं | जेठ १६, २०७९

गोधुली साहित्य–सिर्जना सम्मान डा क्षेत्रीलाई

काठमाण्डौँ:    गोधुली साहित्यिक प्रतिष्ठानले गोधुली साहित्य–सिर्जना सम्मानबाट वरिष्ठ कवि डा दुबसु क्षेत्री सम्मानित हुनुभएको छ ।

  

 प्रतिष्ठानको आइतबार सम्पन्न चौँथो वार्षिक साधारण सभाका अवसरमा गोधुली साहित्य–सिर्जना विशेष अभिनन्दन २०७८ बाट वरिष्ठ कवी क्षेत्री, गोधुली भानुभक्त पोखरेल बाल साहित्य सम्मान २०७८ बाट बाल साहित्यकार निर्मला बराल सम्मानित हुनुभएको हो ।

 

   यस्तै, गोधुली भद्रकुमारी घले आदर्श आमा पुरस्कार २०७८ बाट समाजसेवी पशुपति गुरुङ सम्मानित हुनुभएको छ । सम्मानित गुरुङ संस्कार समाज नेपालको अध्यक्ष समेत हुनुहुन्छ ।

    

यसैगरी, गोधुली कला सम्मानबाट कलाकार घनश्याम गौतम, गोधुली वर्ष कृति पुरस्कारबाट लेखक वसन्त ओली, गोधुली समाजसेवा सम्मान उर्मिला विश्वकर्मा र वीना बस्नेत, गोधुली युवा सिर्जनशील सम्मान भूपेन्द्र विश्वकर्मा र रोशन विशंखे, गोधुली कुमारमान मास्के स्मृति सम्मान गणेश लकान्द्री र भाइराम खड्गीलाई प्रदान गरिएको छ ।

 

  गोधुली–चिसकुमारी गुरुङ बाल प्रतिभा पुरस्कार बाल कलाकार प्रशन्न श्रेष्ठ र गोधुली सेवा सम्मानबाट पवनलाल श्रेष्ठ सम्मानित हुनुभएको हो । सम्मानित व्यक्तिलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मान गर्नुभएको हो ।

    

कार्यक्रममा कुलपति उप्रेतीले नेपाल भाषा, साहित्य र कला क्षेत्रको विकास र विस्तारमा लागेका व्यक्तिलाई सम्मान गरेर गोधुली प्रतिष्ठानले राम्रो काम गरेको बताउनुभयो । उहाँले सम्मानित व्यक्तिलाई आगामी दिनमा समेत आफ्नो कला, साहित्य र भाषालाई अगाडि बढाउन आग्रह गर्नुभयो । 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्