वर्ल्डकपमा अनलाइन बेटिङ् चलाउने सुजन प्रकाउ, १० करोड बढीको कारोबार

काठमाडाैं | मंसिर २९, २०७९

वर्ल्डकपमा अनलाइन बेटिङ् चलाउने सुजन प्रकाउ, १० करोड बढीको कारोबार

पोखराः   अनलाइन बेटिङ् व्यापक भएको सूचना पाएपछि चनाखो बनेको नेपाली प्रहरी फुटबल विश्वकप आयोजना भएसँगै फुटबलमा सट्टाबाजी गराएको आरोपमा एक एजेन्टलाई प्रकाउ गरेको छ । 
 

बेटिङ एप वान एक्स बेट लगायत एपमार्फत् सट्टाबाजी गराएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। 

 

कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधबार काठमाडौं महानगरपालिका – २८ बाट काठमाडौं २ टोखा चण्डेश्वरी बस्ने २४ वर्षीय  सुजन गौलीलाई प्रकाउ गरेको हो । 


उनीमाथि मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत अनुसन्धान अघि बढाएको छ। उनीमाथि थप अनुसन्धान गर्न कार्यालयले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ। 


एसपी कोइरालाका अनुसार गौली वान एक्स बेटमा सट्टाबाजी गराउने एजेन्ट हुन्। उनले रकम संकलन र भुक्तानी गरेको आधारमा २५ प्रतिशत कमिसन समेत पाउँथे। जसले गर्दा उनले धेरैभन्दा धेरै जनालाई सट्टाबाजीमा संलग्न गराउने प्रहरीले बताएको छ। 


प्रहरीले प्रारम्भिक अनुसन्धानको लागि इसेवा, आइएमइ पे, खल्तीबाट मात्रै दुई करोड ३६ लाख ३३ हजार १३८ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। 


यस्तै, २६ वटा अन्य डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत् ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँको कारोबार देखिएको एसपी कोइरालाले बताए।


योसँगै उनको विभिन्न खाताहरूबाट मात्रै १० करोड ९ लाख २२ हजार १८४ रुपैयाँको कारोबार भएको देखिएको छ।  एसपी कोइरालाका अनुसार उनले १ वर्षदेखि यो काम गर्दै आएका थिए। 


यसरी बेटिङको काम सञ्चालन गर्नेहरूको सन्जाल कत्रो छ वा को को हुन् भन्नेबारेमा पनि थाहा पाउन मुश्किल भएको प्रहरीले जनाएको छ।


‘हामीले पक्राउ गरेका व्यक्तिहरूलाई पनि को(को एजेन्ट हुन् भनेर थाहा छैन भन्छन्। यिनीहरूलाई पनि सामाजिक सञ्जालमा आएको विज्ञापनमार्फत् पछ्याएका हौं,’ उनले भने। 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्