उपाधि नजिक पुग्न अर्जेन्टिना र क्रोएसिया आज भिड्दै

काठमाडाैं | मंसिर २७, २०७९

उपाधि नजिक पुग्न अर्जेन्टिना र क्रोएसिया आज भिड्दै

काठमाडौं:  कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधि नजिक पुग्न आज अर्जेन्टिना र क्रोएसिया पहिलो सेमिफाइनल खेल्दैछ ।

 

कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसियाबीच राति १२ः४५ बजे सुरु हुनेछ । अर्जेन्टिनाका लागि लियोनल मेस्सीले र क्रोएसियाका लागि लुका मोड्रिचले कप्तानी सम्हाल्नेछन् ।

 

 

अर्जेन्टिनाले यसअघि क्रोएसियासँग पाँच पटक भिडिसकेको छ । अर्जेन्टिना यसपटकपनि क्रोएसियालाई पारजित गर्दै विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ । अर्जेन्टिनाले यसअघि दुई पटक विश्वकप जितिसकेको छ ।

 

सन् २०१८ मा उपविजेता बनेको क्रोएसियाले  यसपटक विश्वकपको उचाल्ने योजनामा छ ।  अहिलेसम्म क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन ।

 

यसअघि समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो ।

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्