गण्डकी प्रदेशमा कांग्रेसबाट प्रत्यक्षमा सबै पुरुष, समानुपातिकमा सबै महिला
पाेखरा | मंसिर २५, २०७९
पोखरा: आसन्न निर्वाचनअन्तरगत गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ विजयी सबै उम्मेदवार पुरुष रहेका छन् भने समानुपातिकतर्फको सबै सिटमा महिला चयन भएका छन् ।
प्रतिनिधि एवं प्रदेश सभामा ३३ प्रतिशत महिला सांसद रहने व्यवस्था अनुरुप प्रत्यक्षमा विजेता सबै पुरुष भएपछि समानुपातिकमा महिलालाई मात्रै चयन गर्नुपरेको हो ।
चयन भएका महिला सांसदमा सरस्वती गुरुङ, विमला गौचन, रेखा गुरुङ, पार्वती तामाङ, सरस्वती अर्याल, चम्पादेवी खड्का, कल्पना तिवारी, टिकाकुमारी बस्याल र दिलमाया पौवि रहेका छन् । \
यस्तै, प्रत्यक्षतर्फ बिन्दुकुमार थापा, प्रकाश बराल, जितप्रकाश आले, अशोक श्रेष्ठ, नन्दप्रसाद न्यौपाने, भेषबहादुर पौडेल, टकराज गुरुङ्, सुरेन्द्रराज पाण्डे, डिल्लीराम सुवेदी, जितबहादुर शेरचन, द्रोणकुमार कुँवर, दीपेन्द्रबहादुर थापा, नम्डु गुरुङ्, विकल शेरचन, मुनिन्द्रजंग गुरुङ्, महेन्द्रध्वज जिसी, भोजराज अर्याल र महेश भट्टराई रहेका छन् ।
प्रत्यक्षतर्फ सबै पुरुष उम्मेदवारले बाजी मार्दा समानुपातिक सूचितर्फ पहिलो नम्बरमा रहेका प्रदेश सभापति शुक्रराज शर्मा ‘अभागी’ सावित भएका छन् ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

