पोखरा अन्तरराष्ट्रिय म्याराथनलाई अन्तरराष्ट्रिय मान्यता, पायो एम्सको सदस्यता

पाेखरा | मंसिर २४, २०७९

पोखरा अन्तरराष्ट्रिय म्याराथनलाई अन्तरराष्ट्रिय  मान्यता, पायो एम्सको सदस्यता

पोखरा:   नेपालकै जेठो म्याराथन–‘पोखरा अन्तरराष्ट्रिय  म्याराथन’ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्वभरका दौडहरु ‘वर्ल्ड रनिङ’को छाता संगठन एसोसियन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स)को सदस्यता प्राप्ती संगै यसले अन्तरराष्ट्रिय  मान्यता पाएको हो ।


नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको पोखरा अन्तरराष्ट्रिय म्याराथनले १६ औं संस्करण पार गरिसकेको छ भने आगामी फागुन ६ गते १७ औं सस्करणको तयारीमा जुटिसेको छ ।


हालै मात्रै पोखरा अन्तरराष्ट्रिय म्याराथनको दौड रुटले मान्यता पाएको थियो भने लगतै एम्सको समेत सदस्य प्राप्त गर्न सफल भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताएका छन् । “यो हाम्रो लागि निकै गर्वको विषय हो । नेपालको जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाउनु पोखरेली खेलप्रेमीहरुको लागि गौरवको विषय हो ।”


अध्यक्ष पराजुलीले पोखरा म्याराथनलाई यहाँ सम्म ल्याइ पु¥याउन सहयोग गर्न देश तथा विदेशमा रहेका मञ्चका २४० भन्दा वढि आजिवन सदस्यहरु, कार्यसमितिका सदस्य, पदाधिकारी र सल्लाहाकारहरु संगै सहयोगी मनहरु प्रति आभार व्यक्त गरेका छन् । उनले भने–“यो सदस्यता प्राप्त गर्नुमा सबैको उत्तिकै सहयोग र साथ छ ।  गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र आम पोखरेलीहरु संग यो खुसीलाई सामुहिक रुपमा हामी बाँड्न चाहन्छौं ।”


सदस्यता प्राप्त गरे संगै एम्सका अध्यक्ष पाको बोराओले मञ्चलाई बधाई दिंदै म्याराथनको अन्तरराष्ट्रिय यात्रामा संग–संगै हिड्न पाउँदा खुसी लागेको बताएका छन् । 

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्

काठमाडौं:   गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु। ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु। पा...

थप पढ्नुहोस्