सुदुरको ब्राण्ड ‘अम्खोरा’ बेच्दै व्यापार मेलामा मनिराज

सुदुरपश्चिममा विजयसालको अम्खोरा मायाको चिनो दिने प्रचलन

पाेखरा | मंसिर २२, २०७९

सुदुरको ब्राण्ड ‘अम्खोरा’ बेच्दै व्यापार मेलामा मनिराज

पोखरा:   पोखरामा महोत्सवका मिति सार्वजनिक भइरहेका छन् । यसैबीच पोखराकै जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा समृद्ध स्टिल्स् राष्ट्रिय व्यापार मेला मंसिर १६ देखि जारी छ । 

आगामी पुष ७ गतेदेखि १८ गतेसम्म लेखनाथ महोत्सव पोखरा महानगरपालिका २७ स्थित तालचोकमा आयोजना हुदैछ । 

 

त्यस्तै अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेवान पोखरा लेकसाइडमा पुष १३ देखि १७ गतेसम्म हुने सडक महोत्सवको तयारीमा जुटेको छ । भने पोखराको अन्तिम महोत्सवका रुपमा युनाइटेड क्लबले पोखरा महोत्सव आयोजना गर्छ । जुन ११ औं संस्करणको महोत्सव पुष २७ देखि माघ ९ गतेसम्म अमरसिंह चोरमा सञ्चालन हुनेछ । 

 

यसरी पोखरामा वर्षेनी मेला र महोत्सव गरि दर्जनौको सँख्यामा आयोजना हुने गर्छ । सो मेलाहरुको उद्देश्य भनेको स्थानीय उत्पादनको विक्री वितरण तथा प्रवद्र्धन गर्नु हो । त्यसैले देशका विभिन्न भूभागबाट व्यापारीहरुको जमघट हुन्छ । 
 

यसप्रकारका मेलाहरुमा व्यवासायिक प्रवद्र्धनसँगै हाँस्यव्यङ्ग्यसहित मनोसञ्जनका कार्यक्रमहरुपनि समावेश हुन्छ । तर पोखराको नयाँबजारमा जारी व्यापार मेलामा मनोरञ्जन भन्दा व्यापारलाई बढी प्राथमिकता दिएको छ । 

मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १ सय २० गरी करिब २ सय ५० स्टल निर्माण भएका छन् । 

 

अटोमोवाइल्सका स्टलबाट सुरु हुने स्टल अन्तिममा चमेनागृहमा पुगेर टुङ्गिन्छ । सोही स्टलहरुमध्येको ३५ नम्बरमा एक अधबैशे भेटिन्छन् । उनी सुदुरपश्चिम प्रदेशका ५० वर्षिय मनिराज भट्ट हुन् । भट्ट र राष्ट्रिय व्यापार मेलाको सम्बन्ध पुरानो हो ।

 

उनलाई १८ वर्षे सम्बन्धले औद्योगकि व्यापार मेलामा तानिरहन्छ । ‘म २०६१ सालदेखि यो महोत्सवमा निरन्तर जोडिएको छु । मलाई पुरानो सम्बन्धले तान्यो, सुनगाभा न्यूजसँग भने, ‘पहिलेजस्तो अहिले त्यती व्यापार भएन । अरुबेलाजस्तो खासै मान्छे छैनन् । खै प्रचारप्रसार नभएरहोकी किन हो कुन्नी ।’

 

भट्ट विजयसालबाट (एक प्रकारको वनस्पती) बनाइएका अम्खोरा र गिलास बेच्न भीमदत्त नगरपालिका कञ्चनपुरदेखि पोखरा आइपुगेका हुन् ।  ‘विजयसालको अम्खोरा’ सुदुरपश्चिमको ब्राण्ड हो । जुन बहुउपयोगी तथा लोपउन्मुख वनस्पतिबाट बन्छ । 

 

कलात्मक ढंगबाट बनाइएका अम्खोरा र गिलास नकिनेपछि प्राय मेलामा पुग्नेहरुले त्यसबारे बुझेर फर्कक्छन् । 

 

भट्टका अनुसार उक्त गिलास वा अम्खोरामा बेलुकी पानी राखेपछि अर्काेदिन बिहान पानीको रंग बदलिन्छ ।  त्यो पानी पिउदा पेट र पिसाब सफा हुने, मधुमेह, ग्यास्ट्रिक, अल्सर, जन्डिस, कब्जियत लयायतका रोगहरु ठीक हुने विश्वास रहेको छ । 

‘विजयासाल कञ्जनपुर आसपासमा पाईने प्रख्यात वनस्पति हो, तराइका फाँटहरुमा चुरेफेद, समथर भू–भागमा यो वनस्पति पाइन्छ, भट्टले भने, ‘प्राकृतिक जडीबुटी मध्येको बहुउपयोगी आयुवेर्दिक औषधिको रुपमा नेपाली समाजमा चलेको छ । यस वनस्पतिबाट बनेको साम्रागीमा पानी पिउँदा औषधीको काम गर्ने विश्वास छ ।’

 

 

उनको स्टलमा सो वनस्पतीबाट बनेको विभिन्न आकारका अम्खोरा र गिलास छन् । भट्टले आकार अनुसार १ हजार देखि २ हजार सम्मको मुल्यमा गिलास विक्री गरिरहेको बताए ।  ‘अहिले मेरोमा गिलास र अम्खोरा मात्रै छ । सानाको हजार पर्छ अनि ठुलो साइजको २ हजारसम्म पर्छ ।’ उनले भने ।

 

उनले आफ्नो प्रदेशमा विजयसालबाट बनेको सामानहरुको लोकप्रियता बढ्दो रहेको बताए । ‘यहाँ पनि विजयसालको बारेमा बुझ्नेहरुले किन्नु हुन्छ । हाम्रो प्रदेशतिर यो वनस्पतीबाट बनेको सामानहरुलाई ठुलो ठुलो कार्यक्रममा पनि मायाको चिनोकै रुपमा दिने चलन छ । यसको बहुउपयोगिता छ ।’ उनले भने ।

 

देशका विभिन्न मेला महोत्सवमा आफ्नो उत्पादन विक्री वितरण गर्दै हिडेका भट्टको कञ्चनपुरमा ‘भट्ट मेरिट काष्ठ उद्योग’ सञ्चालनमा रहेको छ ।

काठमाडौं- यही वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल केशप काठमाडौँ आइपुगेका छन् ।   श्रीलंका र मालदिभ्सका लागि ...

थप पढ्नुहोस्

काठमाडौं:   आजदेखि  कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु भएकाे छ ।   बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम...

थप पढ्नुहोस्

नुवाकोट:    मानव बेचबिखन तथा ओसारपसार मुद्दाका २६ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बस्ने ५५ वर्षीय रामबहादुर भन्ने जंगबहा...

थप पढ्नुहोस्