‘१७ औं प्याब्सन स्पोर्ट्स मिट’ को तयारी पूरा, औपचारिक उद्घाटन २५ गते

१७ औं स्पोर्ट्स मिटमा फुटबलमा बर्चस्व

पाेखरा | मंसिर १९, २०७९

‘१७ औं प्याब्सन स्पोर्ट्स मिट’ को तयारी पूरा, औपचारिक उद्घाटन २५ गते

पोखराः  प्याब्सन कास्कीको आयोजनामा भोलिदेखि ‘स्वस्थ मस्तिष्कका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने १७ औं प्याब्सन स्पोर्ट्स मिटको सम्पूर्ण तयारी पूरा भएको छ । 


मंसिर २० गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको (निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल) प्याब्सन कास्कीले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । 


प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्ट्स मिटमा कक्षा १ देखि १० सम्मका छात्र, छात्रा सिनियर, जुनियर फुटबल, भलिबल, टेबल टेनिस, एथेलेटिक्स आयोजना गरेको १७ औं प्याब्सन स्पोर्ट्स मिटका संयोजक उमा लामिछानेले बताए । उनका अनुसार कक्षा ११ र १२ का छात्र, छात्राबिच भलिबल, बास्केटबल र एथेलेटिक्समा प्रतिस्पर्धा हुनेछ । 


१७ औं स्पोर्ट्स मिटमा फुटबलमा बर्चस्व


प्याब्सन कास्कीले आयोजना गरेको विविध प्रतियोगिता मध्ये सिनियर देखि जुनियरसम्म फुटबलमा सबैभन्दा बढी विद्यालयमा सहभागिता जनाएका छन् । 


कक्षा १ देखि १० सम्मे सिनियर फुटबलमा ६९ विद्यालय, जुनियर तर्फ ५६ विद्यालयले सहभागिता रहेको छ । यस्तै भलिबल तर्फ छात्र तर्फ १८ विद्यालय र छात्रा तर्फ १९  विद्यालयले सहभागिता हुनेछन् । 
टेबलटेनिसतर्फ तर्फ सिंगलतर्फ छात्र ४१, छात्रा १९ र डवलतर्फ छात्र ३९, छात्रा १६ विद्यालयले प्रतिस्पर्धा गर्नेछन् । एथेलेटिक्स तर्फ छात्र ६५ र छात्रा तर्फ ५३ विद्यालयले सहभागिता रहेको छ । यस्तै कक्षा ११ र १२ को भलिबल छात्र तर्फ १६ र छात्रा तर्फ ८ विद्यालय र बास्केटबल तर्फ छात्रतर्फ १७ र छात्रा तर्फ ६ विद्यालयको सहभागिता रहेको छ । 


१७ औं प्याब्सन स्पोर्टस मिट सफल बनाउन सबै संग आग्रह गर्दै प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले प्रतियोगितामा करिव ५० लाख खर्च हुने अनुमान रहेको जानकारी दिए । प्रतियोगिताको औपचारिक उद्घाटन पुष २५ देखि सुरु हुने भएपनि सिनियर तथा जुनियर तर्फको फुटबल प्रतियोगिताहरु हेमजास्थित गौरीशंकर खेल मैदान, शान्तिदिप वोर्डिङ स्कुलको खेल मैदान, नेपाल आदर्श स्कूलको खेल मैदान र लेखनाथस्थित आदर्श रंगशालामा सञ्चालन हुनेछ । 


१७ औं प्याब्सन स्पोर्ट्स मिटमा ९० बढी निजि विद्यालयका  ७ हजार बढी विद्यार्थीहरुले विभिन्न विधाका प्रतियोगिताहरुमा प्रतिपस्र्धा गर्नेछन् भने ११ हजार बढी अभिभावक तथा दर्शकले प्रतियोगिता अवलोकन गर्ने प्याब्सनले जनाएको छ । प्याब्सनले २ वर्ष कोरोना भाइरसका कारण प्रतियोगिता सञ्चालन गर्न नसकेको जनाएको छ । 

 

पोखरा: नेपाल अडिटर्स एसोसियसन (अडान) को साउन २० गते मनाउँदै आइएको स्थापना दिवस(अडान डे)का अवसरमा देशैभर सप्ताहाव्यापी कार्यक्रम गर्ने योजना अनुरुप अडान कास्कीले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।   ...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २...

थप पढ्नुहोस्

बागलुङ:  बागलुङका खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म भेटिएको ...

थप पढ्नुहोस्