नेप्सेमा सामान्य अंकको वृद्धि

काठमाडाैं | मंसिर १८, २०७९

नेप्सेमा सामान्य अंकको वृद्धि

काठमाडौं:  साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्से २.१६ अंक (०.११ प्रतिशत) ले वृद्धि भएर १९६३.२२ अंकमा बन्द भएको छ ।


अधिकांश उपसूचकमा वृद्धि भएपनि बैंकिङ, विकास बैंक, वित्त कम्पनी र उत्पादनमुलक उपसूचकमा गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै घट्दा अधिकांश उपसूचक बढेपनि नेप्सेमा सामान्यमात्रै वृद्धि देखिएको छ । आइतबार जीवन बीमा उपसूचक भने १.९८ प्रतिशतले वृद्धि भएको छ ।


नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार रकम पनि डेढ अर्ब नाघेको छ । ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५६ करोड १७ लाख २ हजारको कारोबार भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक १९ करोड ८० लाख ६७ हजारको कारोबार हुँदा नेस्डो समृद्धि लघुवित्तको ८ करोड ७७ लाख १५ हजार र फस्ट माइक्रोफाइनान्सको ७ करोड ११ लाख १८ हजारको कारोबार भएको छ ।

 

आइतबार नेप्सेमा कुल १९९ कम्पनीको सेयर कारोबार हुँदा ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य स्थिर छ । धौलागिरी लघुवित्तको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा ओरियन्टल होटलको सेयर मूल्य ६.५७ प्रतिशत र खप्तड लघुवित्तको सेयर मूल्य ६.०७ प्रतिशतले बढेको छ ।


यता नेस्डो लघुवित्तको सेयर मूल्य ६.११ प्रतिशतले गिरावट हुँदा नबिल बैंकको ३.४० प्रतिशतले गिरावट भएको छ । यस्तै पोखरा फाइनान्सको सेयर मूल्य २.८३ प्रतिशतले गिरावट भएको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्