आन्दोलनपछि पद्य नर्सिङ कलेजमा पढाई सुचारु

पाेखरा | मंसिर १८, २०७९

आन्दोलनपछि पद्य नर्सिङ कलेजमा पढाई सुचारु तस्बिरः महेन्द्र उपाध्यायको फेसबुकबाट

पोखराः  पोखरा महानगरपालिका ८ जाल्फारोडस्थित पद्य नर्सिङ कलेजमा पढाई रोकिएको ३ महिनापछि पढाई सुचारु भएको छ । 


चौतर्फीदबाव र आन्दोलनपछि बसेको पद्म नर्सिङ अस्पताल, नदिपुर र नर्सिङ क्याम्पसको बैठकले कर्मचारीको तलब दिने सहमतिसँगै पठनपाठन सुचारु भएको हो । 


विभिन्न विषयमा सहमति भएपछि पढाई सुरु भएको अस्पतालका व्यवस्थापक नरेश पौडेलले जानकारी दिए । 


उनका अनुसार कलेजमा कार्यरत कर्मचारीहरुले २० महिनादेखि तलब नपाएको भन्दै विद्यार्थी कलेज गएपनि शिक्षक नआउँदा भदौं देखि कक्षा सञ्चालन हुन सकेको थिएन । पद्य नर्सिङ कलेजमा कार्यरत शिक्षक, कर्मचारीहरुले २० महिनादेखि रोकिएको तलब पाए मात्र पढाउन सुरु गर्ने अडानसहित प्रशासन, श्रम कार्यालय र सिटिभीटिमा निवेदन दिएका थिए । 


कलेजमा नियमित पढाई नभएपछि नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुुले बुधबार कलेज प्रशासन अगाडी विद्यार्थीसहित पढाई सुरु गर्न दबाब दिएको थियो । 


पिसिएल तेस्रो वर्षको अन्तिम परीक्षाको फारम भरेका विद्यार्थीहरु भदौ देखि नियमित पढाई नहुँदा आफुहरु चिन्तित भएको एक विद्यार्थीले बताएका थिए । 
कलेजमा कार्यरत एक कर्मचारीका अनुसार समयमा नै तलब नपाउँदा घरभाडा तिर्न देखि बालबच्चाको विद्यालयमा शुल्क तिर्नसमेत समस्या भएको सुनाएका थिए ।

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्