पोखरामा फेसन डिजाइनिङ, पार्लर, इलेक्ट्रिसियनदेखि कम्प्युटर हार्डवेयरलगायत १२ तालिम निशूल्क
पाेखरा | मंसिर १६, २०७९
पोखराः व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखरा १२ विषयमा निशूल्क तालिम दिने भएको छ ।
तालिमका विषयमा ब्युटी पार्लर, कुक, इलेक्ट्रिसियन, फेशन डिजाइनिङ्, बुटिक, सिलाई–कटाई, प्लम्बिङलगायत रहेका छन् । ३ महिना सञ्चालन हुने तालिममा सहभागी हुन केन्द्रले ८ देखि १० कक्षा पास भएको हुनुपर्ने योग्यता कायम गरेको छ ।
त्यस्तै, सहिद परिवार, अपांग, द्वन्द्वपीडित, एकल महिला आदिलाई विशेष प्राथमिकता दिई आवेदनको लागि अनुरोध गरिएको छ ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि मन्त्रालयको पहलमा हुने तालिम सीप विकास केन्द्र पोखरामा हुनेछ । तालिममा सहभागी हुन इच्छुकले १५ दिनभित्र केन्द्रमा आवेदन दिनुपर्नेछ ।

पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

