पर्वतीय महोत्सवको तयारी: ‘वुमेन मुभ माउन्टेन्स्’
पाेखरा | मंसिर १३, २०७९

पोखरा: एनएमएले ‘वुमेन मुभ माउन्टेन्स्’ नारासहित पोखरामा आयोजना हुने ७ औं अन्तरराष्ट्रिय पर्वतीय महोत्सवको तयारी थालेको छ ।
आगामी मंसिर २४ र २५ गते पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालय रातोपैह्रोमा आयोजना हुने महोत्सवको तयारी तिव्र पारिएको आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
नेपाल पर्वतारोहण संघले अन्तरराष्ट्रिय पर्वतीय दिवसको अवसरमा दुईदिने कार्यक्रम आयोजना गर्ने तयारीमा रहेको महोत्सव संयोजक ठाकुरराज पाण्डेले बताए ।
उनका अनुसार सो महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसंगको सहकार्यमा सगरमाथा आधार शिविर व्यवस्थापनसम्बन्धी अन्र्तक्रिया, नविनतम् प्रविधिमा उत्पादित वस्तुहरुको प्रदर्शनी, परम्परागत खेल छेलो तथा आर्चरीको आयोजना गरिने छ ।
उनले उक्त महोत्सवमा पर्वतीय वृत्तचित्रहरुको प्रर्दशनी, पर्वतीय पर्यटनसम्बन्धी अन्र्तक्रिया कार्यक्रम, पर्वतीय विषयमा आधारित प्रतिस्पर्धात्मक चित्रकला कार्यक्रम र बाल क्लाइम्बिङ अन्र्तगत बोल्डरिङ खेल प्रर्दशनी गरिने जानकारी दिए ।
निशुल्क प्रवेश पाइने सो महोत्सवमा करिब ३० लाख खर्च हुने आयोजनकले जनाएको छ ।
पोखरा: पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ । पोखरा आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो । दिउँसो १ः५९ बजे कास्कीको सिनुवा आसपास केन्द्र बनाउँदै ४.७ म्याग्नेच्युडको भूकम्प गए...
काठमाडौं: आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ । थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलम...
पोखरा: पोखरा महानगरपालिका–८ चिप्लेढुङ्गा निभागल्लीस्थित फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको छ । निभागल्लीस्थित फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको जिल्ला प्रहरी क...