इ.अ.स पश्चिमाञ्चल क्याम्पसमा पुर्नमिलन
पाेखरा | मंसिर ११, २०७९
पोखरा: इ.अ.स पश्चिमाञ्चल क्याम्पस, लामाचौर पोखरामा शनिबार पूर्वविद्यार्थीसँग पुर्नमिलन कार्यक्रम (२०७९) सम्पन्न भएको छ । पश्चिमाञ्चल क्याम्पसको ३५ औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा क्याम्पस प्रशासनद्धारा स्थापनाकालदेखि अहिलेसम्म क्याम्पसमा अध्ययन गरेका सम्पूर्ण विद्यार्थीहरूसँग पुनर्मिलन गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा पूर्वविद्यार्थी मञ्च, पश्चिमाञ्चल क्याम्पस तदर्थ समितिका सचिव उमेश रुपाखेतीले पूर्वविद्यार्थी मञ्चका लागि विधान तयार गरी जिल्ला प्रशासनमा ‘पूर्व विद्यार्थी मञ्च, पश्चिमाञ्चल क्याम्पस’ दर्ता प्रक्रियालाई अघि बढाएकोमा आफूहरू हर्षित रहेको जानकारी गराउनु भएको थियो । क्याम्पसका सहायक क्याम्पस प्रमुख ई. सुरेश तिमिल्सिनाले क्याम्पसका गतिविधिहरू र भावी कार्ययोजनाका बारेमा गहन प्रस्तुति दिनुका साथै देशका विभिन्न क्षेत्रका नीति निर्माता, सफल व्यवसायी तथा प्राविधिकका रूपमा रहेका पूर्वविद्यार्थीहरू क्याम्पसलाई गतिशील गराउने गौरवका आधार भएको वताउनु भयो ।
क्याम्पसका पूर्वविद्यार्थी उर्जा सचिव श्री रामकुमार श्रेष्ठ र ई. दामोदर तिवारीको पहलमा क्याम्पसको नवनिर्मित भवनमा २० किलोवाटको सोलार उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश सरकारको सहयोग प्राप्त भएको, त्यसैगरी पूर्वविद्यार्थी ई.राम पराजुली, ई. सोभियत खड्काको पहल तथा पूर्वविद्यार्थी निवर्तमान भौतिक योजना तथा सहरी विकास पुर्वाधारमन्त्री कुमार खड्काको सहयोगमा क्याम्पसको सिभिल एकेडेमिक ब्लकको मल्टिमिडिया हल निर्माण कार्य भइरहेको तथा पूर्वविद्यार्थीहरू ई.धुब्र भट्टराई र ई.नविन गौतमको पहलमा क्याम्पस परिसरभित्र ओपन जिम निर्माण कार्य पोखरा महानगरपालिकाको सहयोगमा सम्पन्न भएकाले सम्बद्ध सबैप्रति क्याम्पस परिवार आभारी रहेको वताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि निवर्तमान माननीय मन्त्री कुमार खड्काले यस क्याम्पसमा आफूले अध्ययन गर्दाको समयभन्दा अहिले क्याम्पस स्तरोन्नति भई नयाँ नयाँ कार्यक्रमहरू थपिएकाले आवश्यकताहरू पनि बढ्दै गईरहेको वताउनुभयो । त्यसैले गर्दा पनि क्याम्पसमा अध्ययन सम्पन्न गरेर कार्यक्षेत्रमा लागेका विद्यार्थीहरू आफैले मनन् गरी क्याम्पसलाई आवश्यक सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
क्याम्पसका क्याम्पस प्रमुख ई. निर्मलप्रसाद बरालले क्याम्पसका लागि अत्यावश्यक भौतिक पूर्वाधारको विकासमा पूर्वविद्यार्थीहरूको अविस्मरणीय योगदान रहँदै आएको र आगामी दिनहरूमा पनि साथ सहयोग आवश्यक रहने वताउँदै उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । क्याम्पस प्रमुख बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईलेक्ट्रोनिक्स तथा कम्प्युटर विभागका उपप्राध्यापक होमनाथ तिवारीले स्वागत् मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन क्याम्पसका पुर्वविद्यार्थी तथा सिभिल विभागमा कार्यरत उपपा्रध्यापक नारायणप्रसाद दवाडीले गर्नुभएको थियो ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

