एरो थाईको आज अन्तिम उडान, प्रतिवेदन छिट्टै आउने
पाेखरा | मंसिर ११, २०७९
कास्की: पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा गत ५ गतेदेखि यान्त्रिक परिक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्दै आएको एरो थाईको जहाजले आज अन्तिम उडान गर्नेछ ।
एक हप्ताभर उडान गरेको उक्त जहाजले विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणबारे चेकजाँच गरिरहेको विमानस्थलका आयोजना प्रमुख इन्जिनियर विनेश मनुकर्मी जानकारी दिए । ‘अहिले काठमाडौं र नेपालगञ्ज लगायतबाट आउने रुटमा यहाँ जडित इक्विपमेन्ट र सिग्नलले काम गरेछ कि छैन । सिग्नल फालेछ कि छैन भनेर एरो थाईको जहाजले जाँच गरिरहेको छ, उनले भने, ‘अब त्यो जहाज आजसम्म मात्रै उड्नेछ र प्रतिवेदन तयार पार्नेछ ।’ उनले भने ।
उनले उक्त परिक्षण उडानपछि उडान भर्न योग्य भए/नभएको बारे प्रतिवेदन तयार पार्ने बताउदै छिट्टै नेपाल नागरिक उड्ययन प्राधिकणलाई बुझाउने बताए । ‘एरो थाईको जहाजले एक आजसम्म क्यालिब्रेसन फ्लाइट गरिरहेको छ । 'आज अन्तिम फ्लाइट गर्छ, उनले भने, ‘त्यसपछि उडान भर्न योग्य भए नभएकोबारे रिपोर्ट तयार पारेर करिब हप्ता दश दिनमा नेपाल नागरिक उड्डयन प्राधिकणलाई बुझाउला ।’
एरो थाईको जहाजले गत वर्षको फागुनमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गरेको थियो । एरो थाईको प्राविधिकसहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरेको थियो । भने पोखरा विमानस्थलमा ७ दिन मात्रै परिक्षण उडान गरेको छ ।
आयोजना प्रमुख इन्जिनियर मुनकर्मीका अनुसार करिब ३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको सो विमानस्थल निर्माणको लागि झण्डै २२ अर्ब लगानी रहेको छ ।
सम्बन्धित समाचारहरु:
- ‘ल्याण्डफिल्ड साइट’ सरेन भने विमानस्थलमा नाँच्छन् गिद्ध र चरा
https://sungabhanews.com/story/165/2022/4/23/tourism/pokhara/
-पोखरा ३३ मा ‘ल्याण्डफिल्ड साइट’ सार्ने विषय अन्यौल
http://https://sungabhanews.com/story/837/2022/6/12/scoop/Samaj/
-ल्याण्डफिल्डका विषयमा अध्ययन गरिएको हो, निर्णय भइसकेको छैन: मेयर आचार्य
https://sungabhanews.com/story/4523/2022/11/16/gandaki/desh/
-पोखराले रच्यो इतिहासः अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो ‘थाइ एअर’
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

