बागमती प्रदेशसभामा माओवादीका युवा अनुहार

काठमाडाैं | मंसिर ११, २०७९

बागमती प्रदेशसभामा माओवादीका युवा अनुहार

बागमती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का अधिकांश युवा निर्वाचित भएका छन् । गत आइतबार भएको उक्त निर्वाचनअन्तर्गत बागमती प्रदेशमा माओवादीका १४ उम्मेदवार निर्वाचित भएका हुन् । माओवादीबाट निर्वाचित अधिकांश प्रदेशसभा सांसद ५० वर्ष कम उमेरका छन् । 


रामेछाप निर्वाचन क्षेत्र नं १ (१)बाट ५० वर्षीय तारानारायण श्रेष्ठ र १ (२) बाट ४४ वर्षीय युवराज चौलागाईं, सिन्धुली १ (१) बाट ४७ वर्षीय मातृकाप्रसाद भट्टराई, सिन्धुली  २ (२) बाट ५२ वर्षीय गङ्गानारायण श्रेष्ठ, रसुवा १ (२) बाट ५१ वर्षीय इन्द्रप्रसाद गोतामे, नुवाकोट १ (१)बाट ३९ वर्षीय राधिका तामाङ र नुवाकोट २ (१) बाट ७२ वर्षीय रामप्रसाद ढुङ्गाना निर्वाचित हुनुभएको छ । 


काभ्रेपलाञ्चोक १ (१) बाट ४१ वर्षीय रत्नप्रसाद ढकाल, सिन्धुपाल्चोक १ (२) बाट ४१ वर्षीय सरल सहयात्री पौडेल, सिन्धुपाल्चोक २ (१) बाट ३९ वर्षीय युवराज दुलाल, मकवानपुर २ (१) बाट ४२ वर्षीय कुमारी मुक्तान, मकवानपुर १ (१) बाट ४९ वर्षीय प्रेमबहादुर पुलामी, चितवन (२) बाट ६७ वर्षीय ठाकुरप्रसाद ढकाल, धादिङ १ (२) बाट ५१ वर्षीय शालिकराम जम्मकट्टेल विजयी हुनुभएको छ । 


जम्मकट्टेल हाल बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना र  ढकाल युवा तथा खेलकूदमन्त्री र तामाङ बागमती प्रदेशको उपसभामुख हुनुहुन्छ । दुलाल यसअघि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो । सरल सहयात्री माओवादीको बागमती प्रदेशको अध्यक्ष हुनुहुन्छ । 


माओवादीबाट बागमती प्रदेशसभामा उम्मेदवार बनेका चार नेता पराजित भएका छन् । धादिङ क्षेत्र नं १ (१) बाट जगतबहादुर सिङ्खडा, चितवन २ (१) बाट घनश्याम दाहाल, ललितपुर १ (१) बाट हरि दाहाल र लतिलपुर ३ (१) बाट राजकाजी महर्जन पराजित हुनुभएको हो । बागमती प्रदेशसभाको प्रत्यक्षतर्फ माओवादीले १८ उम्मेदवार उठाएको थियो । 


यस प्रदेशसभाको कुल ६६ निर्वाचन क्षेत्रमध्ये हालसम्म ६४ स्थानको नतिजा आइसके पनि दोलखाका दुई प्रदेशसभा सदस्यको मतगणना हुन सकेको छैन । बागमतीमा कांग्रेसका २४, एमालेका १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का पाँच तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका एक÷एक उम्मेदवार निर्वाचित भएका छन् । 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्