टिप्ने बेलाका सुन्तलामा औँसा किराको प्रकोप
बाग्लुङ | मंसिर ११, २०७९

बागलुङ: बागलुङमा पाक्नेबेलाका सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ । बिक्री गर्ने तयारीमा जुटेका किसानलाई यो प्रकोपले समस्यामा पारेको छ । अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका सुन्तला उत्पादक कृषक समस्यामा परेका छन् ।
औँसा किराका कारण सुन्तलाका दाना कुहिएर झर्न थालेपछि बिक्रीको तयारीमा लागेका किसान नझरेका सुन्तला व्यवस्थापन गर्न लागेका हुन् । जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा किराको प्रकोप देखिएको कृषि ज्ञानकेन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो ।
अन्नबाली छाडेर व्यावसायिक सुन्तला उत्पादनमा लागेका कृषक फल झरेपछि मर्कामा परेका छन् । बोटमा रहेका सुन्तलामध्ये १० प्रतिशत कुहिएर भुइँमा झरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोपबहादुर खड्काले बताउनुभयो । “बर्सेनि समस्या बढ्दै आएको छ र्आँसा किराका कारण सुन्तला उत्पादनमा केही कमी आउने देखिएको छ”, उहाँले भन्नुभयो, “झरेका सुन्तलाको सही व्यवस्थापन गर्न नसक्दा बर्सेनि यस्तो समस्या आइरहेको छ ।”
सुन्तलालगायत अमिलो प्रजातिका फलफूलमा औँसा किराको प्रकोट देखिएपछि कृषि ज्ञानकेन्द्रले कृषकको बगैँचामा पुगेर त्यसको अध्ययन तथा रोकथाम र व्यवस्थापनबारे सचेत गराएको केन्द्र प्रमुख भट्टराईले बताउनुभयो ।
औँसाको जीवनचक्र अध्ययन गर्न ज्ञानकेन्द्रले प्लाष्टिकको बोतलमा माटो हालेर त्यसमा औँसा राखेको छ । माटोमा राखेको छ दिनमा प्युपाबाट लार्भा भएको र कुन समयमा विषादी प्रयोग गर्दा औँसा बढीभन्दा बढी मार्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाभर समस्याकै रुपमा सुन्तलाखेतीमा फैलिएको औँसाको नियन्त्रणका लागि एक÷दुई जना कृषकले मात्रै गरेर सम्भव नहुने भएकाले फल कुहिएर झर्ने समस्या देखिएको अभियानकैरुपमासञ्चालन गर्नुपर्नेमा कृषकहरुले जोड दिए ।
सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, विमिरो, कागती, ज्यामिरलगायत फलफूलमो यो रोगको सङ्क्रमण फैलिएको छ । बोटबाट रोग सङ्क्रमित भएर झरेका फलमा हुने औँसाका लार्भा माटोभित्र जाने खतरा हुने र यसले गर्दा प्रकोप नियन्त्रण बाहिर जानसक्ने खतरा रहेकाले झरेका फललाई व्यवस्थितरूपले व्यवस्थापन गर्न आवश्यक रहेको कार्यालय प्रमुख भट्टराईको भनाइ थियो ।
झरेका दानामा भएका औँसालाई माटोमा हुर्कंन नदिन दाना टिपेर प्लाष्टिकको झोलामा पोको पारेर राख्नुपर्ने हुन्छ । बागलुङको सिगाना, तित्याङ, बिहुँ, भकुण्डे र सर्कुवालगायत स्थानमा सुन्तला बढी उत्पादन हुन्छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...