मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु

तेह्रथुम | मंसिर ११, २०७९

मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु

तेह्रथुम:   तेह्रथुममा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । 


फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले जानकारी दिनुभयो । सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ फर्किने क्रममा को२१प ४२२८ नंको मोटरसाइकल दुर्घटना परेको थियो । 


म्याङलुङस्थित दशगते उद्यानमा मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोक्किएपछि घाइते भएका लिम्बूको उपचारका लागि धरान लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ।    अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा ज...

थप पढ्नुहोस्

नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि  ६ मार्की खेलाडी चयन गरिएको छ।    अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठ...

थप पढ्नुहोस्

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

थप पढ्नुहोस्