‘जनताले शायद गठबन्धन रुचाएनन्, भीमजीलाई बधाई छ’ – विश्व्रकाश लामिछाने
पाेखरा | मंसिर ७, २०७९

कास्की क्षेत्र नम्बर २ ‘क’ बाट नेकपा माआोवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले जनताको मत स्वीकारेको धारणा व्यक्त गरेका छन् ।
केन्द्रबाट गठबन्धनका साझा उम्मेदवार लामिछानेले नतीजापछि सुनगाभा न्यूजसँग धारणा राख्दै गठबन्धनलाई जनताले नरुचाएको हुनसक्ने टिप्पणी गरे ।
‘शायद जनताले हाम्रो गठबन्धनलाई रुचाउनु भएन होला’ लामिछानेले भने ‘र, अर्काे कुरा मतदाताले पनि मलाई राम्रोसँग चिन्नु भएन होला ।’ निर्वाचन प्रचारकाक्रमा गठबन्धनका सबै कार्यकर्ताले आफुलाई उत्तिकै सघाएको उनले स्मरण गरे ।
लामिछाने भन्छन्, ‘लोकतन्त्रमा जनता सर्वाेपरी हुन्, जनताले नै नरुचाएपछि कसैलाई दोष दिएर म पानीमाथिको ओभानो हुन सक्दिन ।’ चुनावमा हारजीत सामान्य भएको भन्दै उनले लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन भएको जनाए ।
साथै, विजयी प्रतिद्वन्द्वी नेकपा एमालेका भीम कार्कीलाई बधाई दिँदै लामिछानेले जनअपेक्षा पुरा गर्न शुभकामनासमेत दिए । प्रतिष्पर्धामा तेस्रो स्थान ल्याएका लामिछानेले ५ हजार ५४० मत प्राप्त गरेका छन् ।
विजयी कार्कीले १० हजार ५३१ मत पाएका थिए । दोस्रो स्थानमा ५ हजार ८९३ मतका साथ राप्रपाका विजयबहादुर भण्डारी रहेका छन् ।
पोखरा: ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा जारी ऐतिहासिक ३१ औं चैत्र दशैं मेलामा पुरुष भलिबलतर्फ युके लण्डन र घाचोक उपाधिका लागि भिड्ने भएका छन् । ...
पोखरा: होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सव २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संघले शुक्रबार पोखरामा पत्...
काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले १२ दिनको म्याद दिएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई अनुसन्धान गर्न १२...