कैलाली ३ अपडेट: प्रदेश सभातर्फका दुवै सिटमा नागरिक उन्मुक्ति पार्टीको जित
कैलाली | मंसिर ७, २०७९
कैलाली: कैलाली ३ को प्रदेश सभातर्फका दुवै सिट नागरिक उन्मुक्ति पार्टीले जितेको छ।
प्रतिनिधिसभा सदस्यमा सो पार्टीका गंगाराम चौधरी, प्रदेशसभा १ मा घनश्याम चौधरी र प्रदेशसभा २ मा खुसीराम चौधरीले जितेका हुन्।
बुधबार सम्पन्न मत गणनामा प्रदेश १ तर्फ घनश्याम चौधरीले १३ हजार ९ सय २३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डगौथारुले ११ हजार ५ सय ७२ मत ल्याएका हुन्।
प्रदेशसभा २ मा विजयी खुसीराम चौधरीले ७ हजार ५ सय ३९ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउदले ६ हजार ६ सय १९ मत ल्याए।
क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ मंगलबार नै नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले २३ हजार १ सय २० मत ल्याएर विजयी भएका छन्।
निकटतम् प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत पाए।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

